Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

लेडी ट्राभलर : घुम्दै देखाउँदैछन् ‘लुकेको नेपाल’

Read the full story at Onlinekhabar (Nepali)

लेडी ट्राभलर : घुम्दै देखाउँदैछन् ‘लुकेको नेपाल’

देशका कुना–कन्दरामा पदयात्रा गर्दै भिडिओमार्फत भूगोलमात्र होइन, संस्कृति चिनाउने, मौलिक लोक कला बाहिर ल्याउने र घुम्नलाई अभिप्रेरित गर्ने काम गरिरहेका छन्– लेडी ट्राभलरहरू । ‘यिनै हिमालमा मान्छे चढ्छन् रे’ सानैमा उनले सुनेकी थिइन् । उनलाई त्यो कुराले घत लगाएको थियो । र, सोचिरहन्थिन्– ‘एक दिन यी हिमालका फेदसम्म जान पाएँ । ’ उनले दिनहुँ ती हिमालका अग्ला चुचुरा हेर्दै र सोच्दै बालापन बिताइन् । कालान्तरमा युवा उमेर चढेपछि पोखराकी दिव्या ढकाल (हाल ३० वर्ष) देश चिहाउन निस्किइन् । पदयात्रा गर्दै नेपालका दूरदराजका गाउँहरूमा पुगिन् ।

पहाड उक्लिन् । हिम चुचुरो चढिन् । मुलुकको भूगोल, प्राकृतिक सुन्दरता, संस्कृति, रहनसहन देखिन् । सहरको कोलाहल र सम्पन्नतादेखि पर नेपाली समाजको समाजको विविधता देखिन् । सुन्दरता देखिन् । दिव्या देशका कुना–कन्दरा, दूरदराजसम्म पदयात्रामात्रै गर्दिनन् । आफू पुगेका नयाँ ठाउँ, भूगोल र नेपाली संस्कृतिका मनमोहक दृश्यहरू कैद गर्छिन् ।

र, सामाजिक सञ्जालका रिल्स र भिडियोमार्फतबाट सारा संसारलाई देखाउछिन् । यसैले उनको पहिचान कोरेको छ । प्रकृतिकै बीचमा हुर्केकी हुन्, दिव्या । जन्मघर स्याङजा, मामाघर पर्वतको कुश्मा । पछि स्याङजाबाट बसाइँसरेर परिवार पोखरा आयो । स्याङ्जा, कुश्मादेखि पोखरासम्मको बालापन बिताउँदा उनले वन तथा खोला नालाहरूले प्रकृतिको मिठास भरेको थियो ।