स्केलिङ गर्दा दाँत हल्लिन्छ? दाँत बारेका यी भ्रम (भिडिओ)
Read the full story at Setopati

दाँतमा समस्या देखिएपछि मात्र दन्त चिकित्सककहाँ जाने बानी धेरैमा हुन्छ। दाँत दुख्ने, सिरिङसिरिङ हुने वा अन्य समस्या देखिएपछि मात्रै उपचार खोज्ने गरिन्छ। तर दाँतको समस्या भने बच्चाको दुधे दाँत आउन थालेदेखि नै सुरु हुन सक्ने दन्त चिकित्सक डा. किरण मेहता बताउँछिन्। उनका अनुसार हामीले खाने खानेकुरा, विशेषगरी कार्बोहाइड्रेट र गुलियो पदार्थका कारण मुखमा रहेका ब्याक्टेरिया र र्यालको संयोजनबाट दाँतमा लेउजस्तो तह बन्छ। यसलाई प्लाक भनिन्छ।
समयमै सफा नगरे प्लाक कडा हुँदै क्याल्कुलस (दाँतमा जम्ने ढुंगाजस्तो फोहोर) बन्छ। यसले गिजा, हड्डी र दाँतमा समस्या निम्त्याउन सक्छ। दुधे दाँत आएदेखि नै यसको हेरचाह गर्नुपर्ने डा. मेहता बताउँछिन्। बच्चाले खानेकुरा खाएपछि वा स्तनपान गरेपछि मुख सफा नगर्दा पनि दाँतमा प्लाक जमेर कीरा लाग्न सक्छ। त्यसैले दुधे दाँतमा समस्या हुँदैन भन्ने सोचाइ गलत भएको उनको भनाइ छ।
'दाँत साटिने समयमा पनि विशेष ध्यान दिनुपर्छ। प्रत्येक दाँत उम्रिने र साटिने निश्चित जैविक समय हुन्छ। उक्त समयमा नियमित परीक्षण नगर्दा दाँत सही ठाउँमा नआएर बाङ्गोटिङ्गो उम्रिन सक्छ। यसले दाँत नमिल्ने र भीडभाड हुने (क्राउडिङ) समस्या निम्त्याउन सक्छ। 'उनले भनिन्'दाँतमा समस्या आउन नदिन छ–छ महिनामा दन्त चिकित्सककहाँ गएर परीक्षण गराउनुपर्छ। यसो गर्दा समस्या सुरुवाती अवस्थामै पत्ता लगाउन र उपचार गर्न सकिन्छ।
More politics
- आसाममा बस–ट्रक जुध्दा कम्तीमा २४ जनाको मृत्यु, ११ घाइतेNepal Khabar
- चक्रघट्टाका पीडित परिवारको घाउमा हेटौंडाको मल्हमNepal Khabar
- गृहमन्त्री गुरुङ यूएई प्रस्थानNepal Khabar
- भीमफेदी दुर्घटना: दुई दिनपछि आफन्तले बुझे शवNepal Khabar
- दक्षिणकाली-हेटौँडा सडकमा राति यात्रुवाहक गाडी चलाउन रोकNepal Khabar
- जब साथीले दिएको ‘रसबरी’ चपाउनेबित्तिकै मुखमै विस्फोट भयोNepal Khabar