लुम्बिनी विकास कोषमा आनी छोइङको नियुक्ति विरुद्ध प्रदर्शन
Read the full story at Onlinekhabar (Nepali)

२० कात्तिक, बुटवल । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा लगायतको विवादित नियुक्तिको विरोध गर्दै ‘लुम्बिनी बचाउ महाअभियान’ले प्रदर्शन गरेको छ । लुम्बिनीको पर्सा चोकबाट निकालिएको मौन विरोध जुलुस कोषको कार्यालय अगाडि पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै महाअभियानका संयोजक अकरम खाँले विधि र प्रक्रिया मिचेर गरिएको नियुक्ति सुशासनको विपरीत रहेको बताउदै नियुक्ति बदर गर्न माग गरे । आनी विदेशी र विवादित नागरिक भएको आरोप लगाउँदै उनको नियुक्ति कदापि मान्य नहुने उनले बताए । ‘नागरिकताकै सामान्य विवादमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिको सांसद पद खारेज भएको थियो, तर उनै रवि लामिछानेको पार्टी सरकारमा भएका बेला विवादित आनीको नियुक्तिले स्थानियबासी आन्दोलनमा उत्रिनु परेको छ,’ उनले भने ।
महाअभियानका सहसंयोजक मेघनाथ आचार्यले विधि र प्रक्रिया मिच्दै सक्षम र निष्पक्ष विज्ञहरूलाई पन्छाएर विकास कोषलाई राजनीतिक भर्ती केन्द्र बनाइएको आरोप लगाए । ‘लुम्बिनीको गरिमा अन्तर्राष्ट्रिय स्तरमा उँचो राख्न, पुरातत्व जोगाउन र अलपत्र परेका गुरुयोजनाका कामहरू समयमै सम्पन्न गर्न रोस्टरका आधारमा ख्यातिप्राप्त विज्ञहरूको खाँचो थियो,’ आचार्यले भने, ‘तर योग्यता र पारदर्शितालाई कुल्चेर प्रतिस्पर्धाको मर्ममाथि कुठाराघात गर्दै विवादित व्यक्तिलाई नियुक्ति गरिएको छ ।
More politics
- सहिद परिवारलाई घर हस्तान्तरण गरेर मकवानपुरमा जागरण अभियानको उद्घाटनNepal Khabar
- मधेस सरकारबाट नेकपाका मन्त्रीले दिए राजीनामाNepal Khabar
- न्यायपालिकाको सुधारमा न्यायाधीशको आचरण र जवाफदेहिता निर्णायक: प्रस्तावित न्यायाधीश सारूNepal Khabar
- स्थानीय तहमा उम्मेदवार छनोटका लागि रास्वपाको सात बुँदे निर्देशनNepal Khabar
- प्रचण्डको दाबी- गगनलाई पक्रन कसैले सक्दैनNepal Khabar
- जुम्लाको न्यूनतम तापक्रम माइनस ०.४ डिग्री, काठमाडौँमा कतिNepal Khabar