Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

जासुसी विवादका बीच एनभिडियाका जेन्सेन ह्वाङ पदमुक्त होलान्?

Read the full story at Onlinekhabar (Nepali)

जासुसी विवादका बीच एनभिडियाका जेन्सेन ह्वाङ पदमुक्त होलान्?

एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन ह्वाङ शङ्कास्पद चिनियाँ जासुससँगको अनैतिक सम्बन्ध र जासुसी विवादमा तानिएपछि उनलाई छानबिन अवधिभर पदबाट हटाउनुपर्ने (एडमिनिस्ट्रेटिभ लिभ) माग उठ्न थालेको छ। एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन ह्वाङ शङ्कास्पद चिनियाँ जासुससँगको अनैतिक सम्बन्ध र जासुसी विवादमा तानिएपछि उनलाई छानबिन अवधिभर पदबाट हटाउनुपर्ने (एडमिनिस्ट्रेटिभ लिभ) माग उठ्न थालेको छ। विश्वकै सबैभन्दा शक्तिशाली कर्पोरेट प्रमुखहरूमध्ये एक ह्वाङको सम्भावित बहिर्गमनलाई लिएर कर्पोरेट जगत् र वाल स्ट्रिटमा ठूलो अन्योलता छाएको छ।

ह्वाङले आफ्ना कर्मचारीहरूलाई एक सन्देश पठाउँदै एलिस ह्वाङसँगको विवाहबाहिरको सम्बन्ध स्वीकार गरिसकेका छन्। तर, अमेरिकी गुप्तचर एजेन्सीहरूले एलिसलाई चीनको मुख्य गुप्तचर संस्था ‘मिनिस्ट्री अफ स्टेट सेक्युरिटी’ (एमएसएस) ले एआई चिप्सको आपूर्ति र कम्पनीका गोप्य सूचनामा पहुँच बनाउन परिचालन गरेको आशङ्का गरेपछि एनभिडियाको सञ्चालक समितिले ह्वाङमाथि स्वतन्त्र आन्तरिक अनुसन्धान सुरु गरेको छ। व्यावसायिक नैतिकता र कर्पोरेट सुशासन (कर्पोरेट गभर्नेन्स) का विज्ञहरूका अनुसार केवल विवाहबाहिरको सम्बन्ध हुनु आफैँमा पदबाट बर्खास्त गर्ने कारण नहुन सक्छ ।

किनभने एलिस एनभिडियाकी कर्मचारी थिइनन्।