जेनजी आन्दोलनमा फरार कैदी घरबाटै पक्राउ
Read the full story at Nagarik News
जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार जबरजस्ती करणी मुद्दामा १३ वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवानाको सजाय पाएका इनरुवा नगरपालिका-९ का २० वर्षीय आकाश कुमार खत्वेलाई प्रहरीले पक्राउ गरेको हो। सुनसरी जिल्ला अदालतले २०८२ वैशाख ३ गते गरेको फैसलाअनुसार खत्वे झुम्का कारागारमा कैद भुक्तान गरिरहेका थिए।
उनले एक वर्ष आठ महिना छ दिन कैद भुक्तान गरिसकेका थिए। गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा उनी कारागारबाट फरार भएका थिए। त्यसपछि उनले ११ वर्ष तीन महिना २४ दिन कैद र पाँच लाख रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी थियो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आइतबार साँझ ६ बजे अस्थायी प्रहरी पोस्ट साम्बालाबाट खटिएको प्रहरी टोलीले उनलाई आफ्नै घरबाट पक्राउ गरेको हो। पक्राउ परेका खत्वेलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको प्रहरीले जनाएको छ।
More society
- तिहारको शुभकामना दिँदै निवर्तमान आईजीपी कार्कीले भने- सामूहिक हित र संस्थागत एकताले मात्रै साझा विजय सम्भव हुन्छNepal Khabar
- कुकुरको पूजा गरेर मनाइयो कुकुर तिहार पर्व (तस्बिरहरू)Nepal Khabar
- New Mexico artist gives a 1953 Chevy Bel Air a second life as a jackrabbitTimes of India
- Dozens killed after migrant boat sinks off SenegalDW
- Secondary schools told to stop teaching GCSEs before Year 10BBC
- Police make arrest in deadly shooting at North Carolina universitySouth China Morning Post