तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइयो पर्व
Read the full story at Bizmandu
काठमाडौं। कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर पर्व मनाइएको छ। पशुपालन गरे घर र गौशालाहरुमा पुगेर श्रद्धालुले गाई-बाछीको पूजा गरेका हुन्। हिन्दु धर्मावलम्वीले गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो।
गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ। स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी विज्ञानले पनि प्रमाणित गरेको छ। गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास छ। नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले जानकारी दिए।
उनका अनुसार वैदिक सनातन हिन्दू धर्मावलम्बीले गर्ने प्रत्येक कर्ममा गाईदान गर्ने विधि छ। पछिल्लो समय गाईको अभावमा पैसा राखेर गाईको अभावमा भनी संकल्प पढिन्छ। गाईलाई सम्मानका साथ राष्ट्रिय जनावरका रुपमा राखिएको छ। The post तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइयो पर्व appeared first on BIZMANDU .
More society
- गाई तिहार मनाइँदै (तस्बिरहरू)Nepal Khabar
- Kozhikode police arrest man in extortion, impersonation casesThe Hindu
- Legendary Kannada actor Rajkumar’s classic song gets a hip-hop twistThe Hindu
- तिहार बिदामा पनि बाजुरा जिल्ला अदालत खुला रहनेNagarik News
- नेपाली संस्कृति र चाडपर्वमाथि हमला भइरहेको छ: अध्यक्ष ओलीDC Nepal
- विद्यार्थीको पढाइ बुझ्न घरदैलोमा जामुनाखर्क माविNagarik News