के तपाईं आफ्नो जीवनसाथीप्रति पूर्ण निष्ठावान् हुनुहुन्छ ?
Read the full story at Onlinekhabar (Nepali)

हिमाली जिल्लाको कठ्याङ्ग्रिने जाडो र निस्तब्ध भूगोलमा कार्यरत रहँदा एक दिन महिला सहकर्मीले अचानक सोधिन्— ‘के तपाईं आफ्नो दाम्पत्य जीवनको यात्रामा मन, वचन र कर्मले पत्नीबाहेक अरू कसैलाई हृदयमा स्थान नदिई पूर्ण निष्ठावान् हुनुहुन्छ ?’ हिमाली जिल्लाका दूरदराजका बस्तीहरूमा व्यावसायिक कामको सिलसिलामा हामी तैनाथ थियौँ। ठूलै टिम सो प्राविधिक कार्यका लागि क्रियाशील थियो, जसमा एक जना महिला सहकर्मी पनि हुनुहुन्थ्यो। योजनामुताबिक हामी खटिएको जिल्लाका सबै स्थानीय तहमा पुग्नुपर्ने थियो।
तर, यो पटकको एक स्थानीय तहको यात्रामा अन्य सदस्यहरू जिल्लाकै काममा व्यस्त हुने भएकाले सहभागी हुन नसक्ने भए। फलस्वरूप, त्यो यात्रामा हामी दुई जना- ती महिला सहकर्मी र म मात्र यात्रा गर्ने भयौँ। हुन त हिमाली जिल्लामा प्रायः सधैँ नै चिसो हुन्छ, तर त्यो पुस–माघको महिना भएकाले हिउँदको कठ्याङ्ग्रिने जाडो थियो।
तत्कालीन गाउँपालिका सदरमुकाममा बसाइ व्यवस्थापन गरेर हामी वरिपरिका संरचनाहरूको अन–साइट प्राविधिक सहजीकरण र अनुगमनका लागि निस्कने गर्थ्यौँ। हिमाली त्यो कठोर, विशाल र निस्तब्ध भूगोलमा काम गर्दा मानिस आफ्नो सामाजिक आवरणभन्दा धेरै पर पुगेर नितान्त प्राकृतिक र आन्तरिक बन्दो रहेछ।
More environment
- भोटेकोसी बाढीमा बेपत्ता साहिँलो छोरो सोध्दासोध्दै गयो ९४ वर्षीया आमाको सासNepal Khabar
- Assam group’s ‘Paani Campaign’ covers 3,000 flood-hit villagersThe Hindu
- At COP31, the ‘overshoot’ narrative cannot replace climate actionThe Hindu
- वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागूNagarik News
- काग तिहार र धन्वन्तरी जयन्तीको अवसरमा प्रधानमन्त्री शाहको शुभकामनाDC Nepal
- वायु प्रदूषण बढेपछि दिल्ली-एनसीआरमा कडा प्रतिबन्ध, धुलो उडाउने काम गर्न नपाइनेBizmandu