आफ्नो सुर गर्नु भनेपछि बाढीपीडितले छाड्न थाले गुम्बा, गृहमन्त्रीको आश्वासनले रूष्ट
Read the full story at Thaha Khabar

काठमाडौँ : काठमाडौँको स्वयम्यूस्थित मुस्ताङ गुम्बामा दुई महिनादेखि आश्रित भोटेकोशी बाढीपीडितले आश्रयस्थल छोड्न थालेका छन्। गुम्बा व्यवस्थापनले लामो समय भएको र अब आफ्नो व्यवस्थापन गर्न भनेपछि पीडितहरू शनिबारदेखि अन्यत्र सर्न थालेका हुन्। गुम्बा छोडेका बाढीपीडितहरू तत्कालका लागि काठमाडौँमा आफन्तकहाँ बस्ने र तिहारपछि रसुवा फर्कने योजनामा छन्। सरकारले नगरे पनि टिमुरेमाथि खैदे डाँडामा बासस्थनको व्यवस्था गर्ने उनीहरूको भनाइ छ। रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेका पेमा दोर्जे घलेले सरकारले यत्तिका समयसम्म पनि अस्थायी बासस्थान बनाउने विषयमा कुनै योजना नल्याएको गुनासो गरे।
‘हुनेले त कोठा लिएर बस्यो होला। नहुने पीडित पनि धेरै छ। यत्तिको समयसम्म सरकारको ध्यान गएर अस्थायी बसोबास त बनाइदिन पर्ने हो। सरकारको केही जानकारी आएको छैन,’ उनले दुःखेसो गरे। बाढीपीडितलाई भेट्न गृहमन्त्री सुधन गुरुङ एकपटक गुम्बासम्म पुगेका थिए।
उनले काठमाडौँमै अस्थायी बसोबासको व्यवस्थापन गर्ने आश्वासन दिएको घलेले सुनाए। तर, आफूहरू गुम्बा छोडेर जानुपर्ने परिरिस्थिति बनिसक्दा पनि सरकारले बेवास्था गरेको उनको गुनासो छ। ‘गृहमन्त्री पनि आउनुभएको थियो।
More politics
- तिहारको शुभकामना दिँदै प्रधानमन्त्रीले भने- इमानदार भएर जनपक्षीय काम गर्न सकूँNepal Khabar
- आजदेखि भाइटीकासम्म कस्तो होला मौसमNepal Khabar
- ‘डा गोविन्द केसीको अन्तिम अनशन’ भनिएको सहमतिका ६ बुँदामा के-के छन्Nepal Khabar
- न्यायाधीश भएपछि राजनीतिको चप्पल अदालतबाहिरै खोलेको छु: जनक पाण्डेNepal Khabar
- अस्ट्रेलियाका प्रधानमन्त्रीले ढाकाटोपी लगाएर सम्बोधन गरे ‘नेपाल फेस्टिभल’Nepal Khabar
- कोप-३१ का लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री टर्की प्रस्थानNepal Khabar