Skip to main content
प्रविधिNagarik News

साइबर ब्युरोले खोजेपछि विदेशबाट फर्किएँ, सरकारले प्रतिशोध साँध्यो: सहमहामन्त्री शिवाकोटी

Read the full story at Nagarik News

साइबर ब्युरोले खोजेपछि विदेशबाट फर्किएँ, सरकारले प्रतिशोध साँध्यो: सहमहामन्त्री शिवाकोटी

नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले नेपाल प्रहरीको साइबर ब्युरोले आफूलाई खोजेपछि विदेश भ्रमण छोट्याएर काठमाडौं फर्किएको बताएका छन्। बिहीबार पार्टीको केन्द्रीय पदाधिकारी बैठकमा सहभागी हुन पुगेका शिवाकोटीले सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारले आफू र पार्टी नेतृत्वविरुद्ध राज्य संयन्त्र दुरुपयोग गरेर प्रतिशोध साँध्न खोजेको आरोप लगाए।

केही दिनदेखि देशबाहिर रहेका बेला एक साथीमार्फत साइबर ब्युरोका अधिकारीहरूले आफ्नो खोजी गरेको सूचना पाएको उनले बताए। ‘म केही दिनका लागि नेपालबाहिर थिएँ, ब्युरोका अधिकारीहरूले मेरो खोजी गरेको र सम्पर्कका लागि बोलाएको जानकारी साथीमार्फत पाएँ,’ शिवाकोटीले भने, ‘त्यसपछि मलाई यसरी खोजिरहनु पर्दैन, म आफैँ काठमाडौं आउँछु भनेर दिउँसोको तालिका भए पनि हतारिएर मध्याह्न १२ बजे नै आइपुगेको हुँ।’ सामाजिक सञ्जालमा पछिल्लो राजनीतिक घटनाक्रमबारे आफूले राखेका विचार र टिप्पणीलाई लिएर सरकार निकट व्यक्तिहरूको उजुरीका आधारमा आफूलाई पक्राउ गराउने प्रयास गरिएको उनको दाबी छ।

कांग्रेसको १५औं महाधिवेशनपछि जनमत पार्टीको पक्षमा बन्दै गएको देखेर आत्तिएको सरकारले नेतृत्वलाई बदनाम गर्न योजनाबद्ध षड्यन्त्र रचिरहेको उनले आरोप लगाए।