Skip to main content
प्रविधिOnlinekhabar (Nepali)

युवा केन्द्रीय सदस्यलाई डिजिटल अभियानदेखि पालिकासम्म परिचालन गर्दै कांग्रेस

Read the full story at Onlinekhabar (Nepali)

युवा केन्द्रीय सदस्यलाई डिजिटल अभियानदेखि पालिकासम्म परिचालन गर्दै कांग्रेस

सभापति गगनकुमार थापा, पदाधिकारी तथा युवा केन्द्रीय सदस्यबीच युवाको भूमिका, सामाजिक सञ्जालको उपयोग, सूचना प्रवाह र जनतासँगको सम्बन्ध विस्तारबारे छलफल भएको बैठकमा सहभागी केन्द्रीय सदस्यहरूले बताएका छन् । १८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले पार्टीको संगठनात्मक गतिविधि र राजनीतिक सन्देशलाई प्रभावकारी बनाउन युवा केन्द्रीय सदस्यलाई डिजिटल अभियानदेखि स्थानीय तहसम्म पुगेर संगठन विस्तार र जनतासँग सम्बन्ध जोड्ने जिम्मेवारी दिने रणनीति अघि सारेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार ३५ वर्षमुनिका र सामाजिक सञ्जालमा प्रभाव बनाएका युवा केन्द्रीय सदस्यहरूको बैठकमा यसबारे छलफल भएको छ । सभापति गगनकुमार थापा, पदाधिकारी तथा युवा केन्द्रीय सदस्यबीच युवाको भूमिका, सामाजिक सञ्जालको उपयोग, सूचना प्रवाह र जनतासँगको सम्बन्ध विस्तारबारे छलफल भएको बैठकमा सहभागी केन्द्रीय सदस्यहरूले बताएका छन् । महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा भएको छलफलमा ३५ वर्षमुनिका युवा केन्द्रीय सदस्यसँगै अन्य केन्द्रीय सदस्यले पनि पार्टीलाई नयाँ ढंगले अघि बढाउने उपायबारे सुझाव दिएका छन् ।

छलफलमा सभापति थापाले परम्परागत शैलीबाट मात्रै पार्टीको सन्देश जनतासम्म पुर्‍याउन नसकिने भन्दै नयाँ पुस्ताको सोच, प्रविधि र सिर्जनात्मक क्षमताको उपयोग गर्नुपर्ने धारणा राखेका छन् ।