इरान–अमेरिका द्वन्द्व अन्त्य गर्न कूटनीतिमा फर्कन टर्कीको आग्रह
Read the full story at Nagarik News

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अमेरिका–इरान युद्ध अन्त्य गर्न कूटनीतिक वार्ता तत्काल पुनः सुरु गर्नुपर्ने बताएका छन्। आफ्ना इरानी समकक्षी मसुद पेजेस्कियानसँगको वार्तापछि एर्दोगानले यस्तो धारणा सार्वजनिक गरेका हुन्। टर्कीको अन्ताल्या प्रान्तमा भइरहेको संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलनका क्रममा एर्दोगानले पेजेस्कियानसँग भेट गरेको उनको कार्यालयले जनाएको छ। वार्ताका क्रममा एर्दोगानले तत्काल वार्ताको टेबलमा फर्किनुपर्नेमा जोड दिँदै टर्कीले शान्ति स्थापनाका प्रयासलाई निरन्तर समर्थन गर्ने बताए।
सहमतिको साझा आधारलाई मजबुत बनाउनुपर्छ र कूटनीतिलाई मौका दिनुपर्छ,’ उनले भने। उनले अमेरिकासँगको द्वन्द्व सकेसम्म चाँडो अन्त्य हुने विश्वास पनि व्यक्त गरे। मध्यपूर्वको यो युद्ध फेब्रुअरी २८ मा अमेरिकी–इजरायली आक्रमणबाट सुरु भएको थियो। उक्त आक्रमणमा इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीसहित कैयौँ नेता मारिएका थिए।
अमेरिकी आक्रमणको बदला लिने भन्दै इरानले क्षेत्रका विभिन्न देशमा मिसाइल र ड्रोन प्रहार गरेको थियो। त्यसैगरी, लेबनान, यमन र इराकमा रहेका इरान समर्थित समूहहरू पनि द्वन्द्वमा सामेल भएका थिए। बुधबार संयुक्त राष्ट्रसङ्घीय जलवायु शिखर सम्मेलनलाई सम्बोधन गर्दै इरानी राष्ट्रपति पेजेस्कियानले अमेरिका र इजरायलले इस्लामिक गणतन्त्रमाथि गरेको आक्रमणबाट गम्भीर वातावरणीय क्षति पुगेको आरोप लगाए।
More environment
- हिमाल संकटमा पर्दा सिंगो मानवता संकटमा पर्छ: परराष्ट्रमन्त्री खनालNepal Khabar
- Partial operation of Solar bus stand bothers publicThe Hindu
- अस्ट्रेलियाको घना जंगलमा ६ दिनदेखि बेपत्ता किशोरको सकुशल उद्धारNagarik News
- Nepal seeks mountain-specific early warning systems after devastating floodKathmandu Post
- UN chief urges climate justice and greater support for vulnerable countriesKathmandu Post
- Ted Turner's family to auction 20 Montana ranch paintings estimated at $20 million for conservation causeTimes of India