Skip to main content
वातावरणNagarik News2 outlets covering

अस्ट्रेलियाको घना जंगलमा ६ दिनदेखि बेपत्ता किशोरको सकुशल उद्धार

Read the full story at Nagarik News

अस्ट्रेलियाको घना जंगलमा ६ दिनदेखि बेपत्ता किशोरको सकुशल उद्धार

अस्ट्रेलियाको भिक्टोरिया राज्यस्थित घना जंगलमा ६ दिनदेखि बेपत्ता रहेका १७ वर्षीय किशोर जीवितै फेला परेका छन्। लामो खोजी अभियानपछि बिहीबार बिहान उनलाई सकुशल उद्धार गरिएको हो। विलियम नाम गरेका ती किशोर गत शुक्रबार एक साथीसँग क्याम्पिङका लागि मेलबर्नबाट करिब १८० किलोमिटर पूर्वमा रहेको जंगल क्षेत्रमा गएका बेला सम्पर्कविहीन भएका थिए। रातको अत्यधिक चिसो तापक्रमका कारण उनको सुरक्षालाई लिएर प्रहरी तथा उद्धार टोली चिन्तित बनेका थिए। खोजी अभियानमा प्रहरीका तालिमप्राप्त कुकुर, गोताखोर र हेलिकप्टरसमेत परिचालन गरिएको थियो।

लामो खोजीपछि फेला परेका विलियमलाई उद्धारकर्मीले विशेष उपकरणको सहायताले सुरक्षित स्थानमा ल्याएका थिए। उद्धारपछि उनलाई डोनट र पानी दिइएको थियो भने स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको थियो। उनकी आमा एलिजाबेथ बार्कलीका अनुसार विलियमको शरीरमा केही सामान्य कोतारिएका दागबाहेक कुनै गम्भीर चोटपटक छैन। उनको स्वास्थ्य अवस्था सामान्य र राम्रो रहेको उनले बताइन्। 'ऊ एउटा स्थानमा बसेर उद्धार टोलीको प्रतीक्षा गरिरहेको रहेछ।

छोरा जीवितै भेटिएकोमा म अत्यन्तै खुसी छु,' आमाले सञ्चारकर्मीसँग भनिन्। उनले ठट्टा गर्दै अब छोरालाई जीवनभर घरबाहिर जान नदिने बताएकी छन्। भिक्टोरिया प्रहरीका कार्यवाहक निरीक्षक जेसन बेन्बोले किशोरलाई जीवितै फेला पार्दा प्रहरी अधिकारीहरू भावुक बनेको बताए।