सम्बन्ध लुकाउन प्रेमीसँग मिलेर श्रीमान्को हत्या, दुवै पक्राउ
Read the full story at Onlinekhabar (Nepali)

सम्बन्ध लुकाउन श्रीमतीले प्रेमीसँग मिलेर योजनाबद्ध रूपमा श्रीमान्को हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । २२ कात्तिक, विराटनगर । मोरङको जहदा गाउँपालिका–२ मोहनपुरका ४० वर्षीय बुधराम सोरेन झेराहाटको उद्योगमा मजदुरी गर्थे । तिहार मनाउन उनी आइतबार घर पुगे । तिहार मनाउन घर आएका बेला हत्या भयो ।
फलामको रड प्रहार गरी हत्या गरेको आरोपमा श्रीमती र उनका प्रेमीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हत्या आरोपमा सोरेनकी ३५ वर्षीया श्रीमती कमली बास्के र भारतको बिहार राज्यअन्तर्गत कटिहारका २७ वर्षीय सुनिल मिश्रलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक कवित कटवालले जानकारी दिए । कटवालका अनुसार प्रारम्भिक अनुसन्धानबाट तिहार मनाउन घर फर्किएका बुधराम, उनकी श्रीमती कमली र प्रेमी सुनिलले घरमै मदिरा सेवन गरेको देखिएको छ । पछि मृतककी १३ वर्षीय छोरीले ढोकाको चाबी खोलेर हेर्दा बुबालाई रक्ताम्य अवस्थामा देखेपछि घटना सार्वजनिक भएको थियो । त्यसपछि स्थानीयवासीले तत्काल प्रहरीलाई खबर गरेका थिए ।
खबर पाएपछि पुगेको प्रहरीले घर नजिकै लुकेको अवस्थामा प्रेमीलाई पक्राउ गर्यो । कमली भने फरार थिइन् । कमलीलाई प्रहरीले सोमबार बिहान घरबाट थोरै टाढा रहेको धानबारीबाट नियन्त्रणमा लिएको हो । कटवालका अनुसार कमली र भारतीय नागरिक सुनिलबीच केही समयदेखि विवाहेत्तर प्रेम सम्बन्ध चलिरहेको थियो ।
More society
- Police recapture six of eight Dolpa prison escapeesKathmandu Post
- ३ जना सवार मोटरसाइकल भिरबाट खस्दा १ पुरुष र २ महिलाको मृत्युNepal Khabar
- एनभिडियाका सीईओ हुआङले चिनियाँ महिलासँग प्रेम गरेको खुलासा भएपछिNepal Khabar
- पतिको हत्याको आरोपमा पत्नीसहित भारतीय युवक पक्राउNepal Khabar
- Immigrants Are Being Systematically Returned Home Despite Court OrdersThe New York Times
- Why listening to students’ voices is crucial to tackling the student suicide crisis in IndiaThe Hindu