Skip to main content
समाजNepal Khabar3 outlets covering

३ जना सवार मोटरसाइकल भिरबाट खस्दा १ पुरुष र २ महिलाको मृत्यु

Read the full story at Nepal Khabar

३ जना सवार मोटरसाइकल भिरबाट खस्दा १ पुरुष र २ महिलाको मृत्यु

बिदुर नगरपालिका-९ खड्कथोकमा सोमबार बिहान ११ बजेतिर बा.९९ प.८२०२ नम्बरको पल्सर मोटरसाइकल आफैँ अनियन्त्रित भएर सडकबाट करिब १ सय मिटर तल खस्दा तीन जनाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार दुर्घटनामा मोटरसाइकल चालक धादिङको खनियाबास गाउँपालिका-५ घर भई हाल बिदुर नगरपालिका-९ बस्ने ४७ वर्षीय बुद्धिमान तामाङ, बिदुर-१३ की ३१ वर्षीया बिन्दा थापा मगर र सोही स्थानकी २७ वर्षीया सुनिता थापा मगरको मृत्यु भएको हो।

दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली खटिएर आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाएको छ।