दसैंका तीन सिक्वेलको संयुक्त कमाइ साढे १२ करोड, कुन फिल्म कति दर्शकले हेरे?
Read the full story at Setopati

यस वर्ष दसैंमा प्रदर्शनमा आएका तीन सिक्वेल फिल्म 'आबाट आमा २', 'छ माया छपक्कै २' र '१२ गाउँ २' को बक्स अफिस व्यापार सुस्त देखिएको छ। पछिल्लो एक सातामा यी तीनवटै फिल्मले संयुक्त रूपमा ६५ लाख रूपैयाँभन्दा बढी मात्रै ग्रस कमाइ थपेका छन्। चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको कात्तिक २२ गते आइतबारसम्मको बक्स अफिस रिपोर्टअनुसार तीनवटै फिल्मले हालसम्म कुल १२ करोड ५४ लाख ७४ हजार २९ रूपैयाँ ग्रस कलेक्सन गरेका छन्। विवरणअनुसार यी फिल्मका कुल ४ लाख १९ हजार ४९१ वटा टिकट बिक्री भएका छन्। अघिल्लो साताको रिपोर्टमा तीनवटै फिल्मको संयुक्त कमाइ ११ करोड ८९ लाख १२ हजार रूपैयाँभन्दा बढी थियो।
यस हिसाबले पछिल्लो सात दिनमा तीन फिल्मले संयुक्त रूपमा ६५ लाख ६२ हजार रूपैयाँभन्दा बढी कमाइ थपेका हुन्। तीन फिल्ममध्ये सबभन्दा धेरै 'आबाट आमा २' ले कमाइ थपेको छ। फिल्मले पछिल्लो सात दिनमा ५६ लाख ३७ हजार रूपैयाँभन्दा बढी ग्रस कमाइ गरेको छ। फिल्मको कुल कमाइ ६ करोड ८१ लाख ७ हजार ४१३ रूपैयाँ पुगेको छ। यसका २ लाख ३७ हजार ३०७ वटा टिकट बिक्री भएका छन्।
दोस्रो स्थानमा रहेको 'छ माया छपक्कै २' ले पछिल्लो सात दिनमा ७ लाख ४१ हजार रूपैयाँभन्दा बढी कमाएको छ। फिल्मको कुल ग्रस कलेक्सन ३ करोड ४२ लाख २५ हजार ९४५ रूपैयाँ पुगेको छ। यसका १ लाख ६ हजार ६४४ वटा टिकट बिक्री भएका छन्।
More society
- Police recapture six of eight Dolpa prison escapeesKathmandu Post
- गाई तिहार मनाइँदै (तस्बिरहरू)Nepal Khabar
- ३ जना सवार मोटरसाइकल भिरबाट खस्दा १ पुरुष र २ महिलाको मृत्युNepal Khabar
- एनभिडियाका सीईओ हुआङले चिनियाँ महिलासँग प्रेम गरेको खुलासा भएपछिNepal Khabar
- Nepal Heritage Documentation Project records over 2,000 historical monuments in eight yearsOnlinekhabar English
- How actor Vijay won a case challenging land allotted to him by Tamil Nadu Housing BoardThe Hindu