Skip to main content
वातावरणRatopati

मंसिर ३ गतेसम्म तराईमा हुस्सु, पहाडी र हिमाली भेगमा वर्षा तथा हिमपातको सम्भावना

Read the full story at Ratopati

मंसिर ३ गतेसम्म तराईमा हुस्सु, पहाडी र हिमाली भेगमा वर्षा तथा हिमपातको सम्भावना

काठमाडौँ। आगामी मंसिर ३ गतेसम्म देशका विभिन्न क्षेत्रमा मौसममा बदली हुने भएको छ । तराईका केही स्थानमा हुस्सु लाग्ने सम्भावना रहे पनि तत्काल वर्षाको सम्भावना भने नरहेको नेपाल माैसम विज्ञान विभागकी मौसमविद् अनिषा निरौलाले जानकारी दिएकी छन् । निरौलाका अनुसार तराई क्षेत्रमा आगामी बिहीबारसम्म थोरै स्थानमा हुस्सु लाग्ने सम्भावना छ।

तराईमा आगामी साताभर वर्षाको सम्भावना देखिएको छैन । पहाडी भेगमा भने केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित वर्षा हुने सम्भावना छ। आगामी आइतबारदेखि मंगलबारसम्म गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा अर्थात् १० देखि ३० प्रतिशत भूभागमा मध्यमसम्मको वर्षा हुन सक्ने मौसमविद् निरौलाले बताइन् । कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा भने बिहीबारसम्म एक–दुई स्थान अर्थात् करिब १० प्रतिशत भूभागमा हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

हिमाली भेगमा पनि केही दिन वर्षा र हिमपातको सम्भावना रहेको छ । आगामी आइतबारदेखि मंगलबारसम्म गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा मध्यमसम्मको हिमपात वा वर्षा हुन सक्ने निरौलाले जानकारी दिइन् । यसैगरी, शनिबार तथा बुधबार र बिहीबार पनि ती प्रदेशका हिमाली भेगका एक–दुई स्थानमा मध्यमसम्मको हिमपात वा वर्षा हुन सक्ने सम्भावना छ ।