Skip to main content
अर्थतन्त्रBizmandu

राष्ट्र बैंकले पाँच पदमा ६१ कर्मचारी नयाँ नियुक्त गर्दै, योग्य र इच्छुकलाई दरखास्त खुला

Read the full story at Bizmandu

राष्ट्र बैंकले पाँच पदमा ६१ कर्मचारी नयाँ नियुक्त गर्दै, योग्य र इच्छुकलाई दरखास्त खुला

काठमाडौं। राष्ट्र बैंकले पाँच दर्जामा ६१ जनाको पदपूर्ति गर्ने भएको छ। योग्य र इच्छुक नेपाली नागरिकबाट केन्द्रीय बैंकले दरखास्त माग गर्दै सूचना जारी गरेको छ। प्रशासनतर्फ सबैभन्दा धेरै २६ जना सहायक निर्देशक (अधिकृत तृतीय श्रेणी) र २६ जना सहायक (सहायक द्वितीय श्रेणी) को माग गरिएको छ।

प्रशासनतर्फ सहायक निर्देशक पदका लागि अर्थशास्त्र वा व्यवस्थापन वा जनप्रशासन विषयमा स्नातकोत्तर तह उत्तीर्ण शैक्षिक योग्यता तोकिएको छ। त्यसैगरी लेखा/लेखापरीक्षणतर्फ सहायक निर्देशक पदका लागि ३ जना माग गरिएको छ, जसका लागि चार्टर्ड एकाउन्टेन्सी परीक्षा उत्तीर्ण हुनुपर्छ। वाणिज्य कानुनतर्फको सहायक निर्देशक पदका लागि २ जना माग गरिएको छ, जसमा कानुनमा स्नातकोत्तर वा अर्थशास्त्र, व्यवस्थापन वा जनप्रशासनमा स्नातकोत्तर गरी कानुनमा स्नातक उत्तीर्ण हुनुपर्ने योग्यता तोकिएको छ। प्राविधिक सेवातर्फ सहायक निर्देशक (सूचना प्रविधि) पदका लागि ४ जनाको माग छ, जसमा कम्प्युटर, सूचना प्रविधि वा इलेक्ट्रोनिक्स एण्ड कम्यूनिकेशन विषयमा स्नातक तह वा सो सरह उत्तीर्ण हुनुपर्छ।

सहायक (सहायक द्वितीय) पदका लागि २६ जना मागमा प्रमाणपत्र तह वा १२ कक्षा उत्तीर्ण र लोक सेवा आयोगबाट सञ्चालित एकीकृत परीक्षा प्रणालीको पूर्वयोग्यता परीक्षा उत्तीर्ण भएको हुनुपर्छ। राष्ट्र बैंकको वेबसाइटमा करिअर खण्डमा उपलब्ध अनलाइन पोर्टलमार्फत दरखास्त दिन सकिने सूचनामा छ।