Skip to main content
अर्थतन्त्रBizmandu

डलर महँगियो, युरो र पाउण्ड सस्तिए, सुन पनि घट्यो, यस्तो छ आजको विनिमय दर

Read the full story at Bizmandu

काठमाडौं। अमेरिकी डलर बलियो हुँदा शनिबार युरोपियन युरो र पाउण्ड स्टर्लिङ घटेको छ। स्वीस फ्रयांक, अष्ट्रेलियन डलर घट्दा क्यानेडियन डलर, सिंगापुर डलर, जापानी येन, चिनियाँ युआन बढेका छन्। विश्वबजारमा सुनको कारोबार मूल्य घटेको छ। २४ घण्टामा सुन ३.४१ डलर घट्दै प्रति औंस ३८७८.५५ डलरले कारोबार भइरहेको छ।

चाँदी पनि १.३७ डलरले कमजोर हुँदै प्रति औंस ४८.७५ डलरले किनबेच भइरहेको छ। राष्ट्र बैंकका अनुसार १ अमेरिकी डलरको खरिद दर १५० रुपैयाँ ४९ पैसा र बिक्री दर १५१ रुपैयाँ ६ पैसा निर्धारण गरिएको छ। शुक्रबार खरिद दर १५० रुपैयाँ १८ पैसा र बिक्री दर १५० रुपैयाँ ७८ पैसा थियो। युरोपियन युरोको खरिद दर १६६ रुपैयाँ ४३ पैसा र बिक्री दर १६७ रुपैयाँ १० पैसा भएको छ। शुक्रबार खरिद दर १६६ रुपैयाँ ६० पैसा र बिक्री दर १६७ रुपैयाँ २७ पैसा थियो।

पाउण्ड स्टर्लिङको खरिद दर १९९ रुपैयाँ १६ पैसा र बिक्रीदर १९९ रुपैयाँ ९५ पैसा भएको छ। शुक्रबार खरिद दर १९९ रुपैयाँ ३१ पैसा र बिक्री दर १९९ रुपैयाँ ९५ पैसा थियो। स्वीस फ्र्याङ्कको खरिद दर १७९ रुपैयाँ ७९ पैसा र बिक्री दर १८० रुपैयाँ ५० पैसा भएको छ। शुक्रबार खरिद दर १८० रुपैयाँ ५६ पैसा र बिक्री दर १८१ रुपैयाँ २८ पैसा थियो।