बालेन आएपछि बदलिएको राजनीतिक शैली: सत्ता सञ्चालनदेखि गठबन्धनमा ‘प्याराडाइम सिफ्ट
Read the full story at Bizmandu
काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री रहँदा अगुवा नेता-कार्यकर्ताका लागि एउटा विषय सधैं टाउको दुखाइको बन्ने गरेको थियो – ठूला आमसभामा भीड कहाँबाट ल्याउने? उद्घाटन, पुस्तक विमोचन, भाषण, लामो छलफल र भेटवार्ताका कार्यक्रम कसरी मिलाउने? ठूलो जनसहभागिता कसरी देखाउने?
प्रधानमन्त्रीका लागि आयोजना हुने यस्ता कार्यक्रम राजनीतिक शक्ति प्रदर्शन र जनसम्पर्कका नियमित माध्यमजस्तै बनेका थिए। तर, पछिल्लो ६ महिनायता सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताले त्यस्तो तनाव लिनुपरेको छैन। प्रधानमन्त्रीका रूपमा वालेन्द्र शाहको कार्यशैलीले उद्घाटन, आमसभा, पुस्तक विमोचन र लम्बेतान भाषणमा प्रधानमन्त्री सहभागी हुने पुरानो परम्परामा ‘ब्रेक’ लगाएको छ। गत चैत १३ मा प्रधानमन्त्री बनेका शाहले औपचारिक समारोहबाहेक अहिलेसम्म कुनै आमसभा, उद्घाटन, पुस्तक विमोचन वा लामो भाषणका कार्यक्रममा सहभागिता जनाएका छैनन्।
सार्वजनिक कार्यक्रममा प्रधानमन्त्रीको उपस्थिति र राजनीतिक गतिविधिलाई शक्ति प्रदर्शनको माध्यम बनाउने परम्पराभन्दा फरक शैली उनले अपनाएका छन्। संसद्मा समेत शाहको उपस्थिति र संवाद सीमित छ। प्रतिनिधिसभामा उनले हालसम्म दुईपटक मात्रै बोलेका छन्।
More politics
- ‘पाँच पाण्डव’ हेरेपछि हिन्दु धर्मगुरुहरूले भने : ‘हिन्दु धर्मलाई ठेस पुग्ने केही कुरा रहेनछ’Nepal Khabar
- गणेशमानको त्याग र आदर्शबाट कांग्रेसले पाठ सिक्नुपर्छ: प्रकाशमान सिंहNepal Khabar
- छठ मनाउन मधेस जाँदै गगन थापाNepal Khabar
- जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिमNepal Khabar
- बंगलादेशले भन्यो : हसिना स्वदेश फर्किन् भने मृत्युदण्ड दिइनेछNepal Khabar
- एनपीएलमा मस्कटको देउसी भैलो (तस्बिरहरू)Nepal Khabar