प्रचण्ड ५ दिन रूसमा रहने, राष्ट्रहरूको स्वतन्त्रतासम्बन्धी विश्व सम्मेलनमा सहभागी हुने
Read the full story at Onlinekhabar (Nepali)

२७ कात्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड पाँच दिन रुसमा रहने भएका छन् । प्रचण्ड आज रुसको राजधानी मस्को प्रस्थान गरेका छन् । उनको साथमा प्रमुख स्वकीय सचिव गोन्दप्रसाद आचार्य पनि सहभागी छन् ।
उनीहरू आजै रुसी समय सनुसार राति साढे ११ बजे मस्को पुग्नेछन् । त्यसपछि पाँच दिन रूसमै रहनेछन् । अखिल रूसी राजनीतिक दल (अल रसियन पोलिटिकल पार्टी) को आयोजनामा यही नोभेम्बर १४ देखि १७ सम्म मस्कोमा फर द फ्रिडम अफ नेसन्स अर्थात् राष्ट्रहरूको स्वतन्त्रताका लागि शीर्षकको विश्व सम्मेलन हुँदैछ । यो सम्मेलनको उदेश्यमा शक्तिशाली राष्ट्रहरूले कमजोर तथा विकासशील मुलुकमाथि आर्थिक, राजनीतिक र रणनीतिक प्रभाव विस्तार गर्ने प्रवृत्तिको विरोध गर्ने रहेको छ ।
प्रत्येक देशले आफ्नो राजनीतिक प्रणाली, विकासको बाटो र राष्ट्रिय नीति आफैँ निर्धारण गर्न पाउनुपर्ने मान्यता राखेर अल रसियन पोलिटिकल पाटीले विगतमा पनि यस्ता सम्मेलन आयोजना गरेको छ । अल रसियन पोलिटिकल पाटी पनि यो आफैँमा कुनै पार्टी होइन । अखिल रूसी राजनीतिक दल रूसभरि क्रियाशील राजनीतिक पार्टीहरू हुन् । उनका अनुसार रूसमा रहँदा प्रचण्डले राष्ट्रहरूको स्वतन्त्रताका लागि शीर्षकको विश्व सम्मेलनमा सहभागिता तथा आवश्यक भेटघाट गर्नेछन् ।
More world
- The Nepali border villages that empty for six months every yearKathmandu Post
- International cricketers fall in love with Nepal beyond TU GroundKathmandu Post
- अमेरिकी डलरको भाउ बढ्यो, अरू विदेशी मुद्राको मूल्य थप घट्योNepal Khabar
- The SIR exercise is also a technology failureThe Hindu
- IMD forecasts 2°C to 3°C dip in temperatures across Telangana for next two daysThe Hindu
- युक्रेनसँगको शान्ति वार्तामा युरोपलाई पनि सहभागी गराउन पुटिन सहमतSetopati