Skip to main content
विश्वSetopati

युक्रेनसँगको शान्ति वार्तामा युरोपलाई पनि सहभागी गराउन पुटिन सहमत

Read the full story at Setopati

युक्रेनसँगको शान्ति वार्तामा युरोपलाई पनि सहभागी गराउन पुटिन सहमत

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनसँगको अर्को चरणको शान्तिवार्तामा युरोपेली प्रतिनिधिहरूलाई पनि सहभागी गराउन सहमत भएका छन्। अमेरिकी प्रतिनिधि स्टिभ विटकफले बिहीबार पुटिनसँगको भेटपछि वार्ता टेबलमा युरोपका अरू देशलाई पनि सहभागी गराउने प्रस्तावमा सहमत भएको जानकारी दिएका हुन्। वार्तामा युरोपलाई सहभागी गराउन पुटिन सहमत हुनुलाई शान्ति प्रक्रियाको महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। ‘अर्को बैठकमा युरोपेलीहरू सहभागी हुनेछन्।

उनीहरू हाम्रा साझेदार भएकाले उनीहरूको सहभागिता हाम्रा लागि महत्वपूर्ण छ,’ उनले भने। पुटिनसँग भेटपछि विटकफ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अर्का विशेष दूत ज्यारेड कुश्नरले त्यसपछि आयरल्यान्ड पुगेर जेलेन्स्कीसँग भेट गरेका थिए। युरोपेली सम्मेलनमा सहभागी हुन डब्लिन पुगेका जेलेन्स्कीले अमेरिकी प्रतिनिधिहरूसँगको भेटमा आगामी वार्ता र त्यसमा युरोपको सहभागिताप्रति खुसी व्यक्त गरे। ‘सबै कुरा अघि बढ्नुपर्छ।

हामी तनाव कम गर्ने र कुनै न कुनै प्रकारको युद्धविराम गर्ने विषयलाई वार्ताको कार्यसूचीमा राखेर काम गर्ने सहमतिमा पुगेका छौँ। यस्तो कार्यसूची बन्ने आशा गरेको छु,’ जेलेन्स्कीले भने। युरोपलाई वार्तामा सहभागी गराउने विषयमा रुसभित्र भने एकरूपता नदेखिएको रोयटर्सले जनाएको छ।