तिहारपछिको सेयर बजार : नेप्से ६.४४ अंकले घट्यो, ३ अर्ब ५ करोड रुपैयाँको कारोबार
Read the full story at Bizmandu

काठमाडौं। तिहार बिदापछिको सेयर बजारमा नेप्से सामान्य अंकले घटेको छ। नेप्से परिसूचक शुक्रबार ६.४४ अंक ओरालो लागेर २६४८.७७ विन्दुमा आएको छ। कारोबारमा आएका विकास बैंक, होटल तथा पर्यटन, हाइड्रोपावर र निर्जीवन बीमा बाहेकका उपसमूहले बजार घटाएका हुन्।
बजारमा १६० कम्पनीका लगानीकर्ताले गुमाएका छन्। क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्य सबैभन्दा धेरै ९.५६ प्रतिशतले घटेको छ। ११० कम्पनीका लगानीकर्ताले कमाएका छन्। स्वेत गंगा हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ७.५६ प्रतिशतले बढेको छ।
बजारमा ३ अर्ब ५ करोड ४२ लाख रुपैयाँको सेयर कारोबार भएको छ। घोराही सिमेन्टको सबैभन्दा धेरै ४० करोड ७ लाख रुपैयाँको सेयर किनबेच भएको छ। यस्तै, सानिमा माई हाइड्रोपावरको १६ करोड ७३ लाख र स्वेत गंगा हाइड्रोपावरको १६ करोड ७२ लाख रुपैयाँको सेयर कारोबार भएको छ। The post तिहारपछिको सेयर बजार : नेप्से ६.४४ अंकले घट्यो, ३ अर्ब ५ करोड रुपैयाँको कारोबार appeared first on BIZMANDU .
More business
- Andhra Pradesh attracted investment proposals worth ₹22 lakh crore since June 2024: Vice-PresidentThe Hindu
- Experts place emphasis on ‘resilient blue economy’The Hindu
- डीडीसीको आर्थिक घोटाला प्रकरण: विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख शर्मा पक्राउBizmandu
- कोरला नाका: चार महिनामै वार्षिक लक्ष्यभन्दा तीन अर्ब बढी राजस्व संकलनNagarik News
- बसको ठक्करबाट बालिकाको मृत्युRatopati
- छठको बढ्दो आकर्षण : सबै समुदायको साझा उत्सव बन्दैNagarik News