अर्थतन्त्रBizmandu2 outlets covering
डीडीसीको आर्थिक घोटाला प्रकरण: विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख शर्मा पक्राउ
Read the full story at Bizmandu

काठमाडौं। दुग्ध विकास संस्थानको आर्थिक अपचलन प्रकरणमा थप एक जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले संस्थानको विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख नवीन किशोर शर्मालाई पक्राउ गरेको हो।
जिल्ला अदालत काठमाडौंको अनुमतिले शर्मालाई शुक्रबार पक्राउ गरिएको सिआइबीले जनाएको छ। शर्मामाथि आपराधिक विश्वासघात र संगठित अपराध समेतमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। गैरकानूनी रूपमा आर्थिक लाभ लिई संस्थानलाई हानी नोक्सानी पुर्याउने आरोप प्रहरीले शर्मामाथि लगाएको छ।
१२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ घोटालाको दाबीसहित प्रहरीमा उजुरी परेको छ। The post डीडीसीको आर्थिक घोटाला प्रकरण: विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख शर्मा पक्राउ appeared first on BIZMANDU .
More business
- Xi to attend APEC Economic Leaders' Meeting, related events in ShenzhenThe Rising Nepal
- डेनिजमा भाँडा माझ्थे हुआङ, अफेयरसँगै ढल्यो सिलिकन भ्यालीका रकस्टारको साम्राज्यBizmandu
- कोरला नाका: चार महिनामै वार्षिक लक्ष्यभन्दा तीन अर्ब बढी राजस्व संकलनNagarik News
- बसको ठक्करबाट बालिकाको मृत्युRatopati
- छठको बढ्दो आकर्षण : सबै समुदायको साझा उत्सव बन्दैNagarik News
- गुरुकुल शिक्षाको संरक्षण र आधुनिकीकरणका लागि गण्डकी प्रदेशस्तरीय सम्मेलन हुँदैNagarik News