Skip to main content
खेलकुदNagarik News

यू-१७ विश्वकप कतारमा हुने, सुरक्षा कारण देखाउँदै अमेरिका नखेल्ने

Read the full story at Nagarik News

यू-१७ विश्वकप कतारमा हुने, सुरक्षा कारण देखाउँदै अमेरिका नखेल्ने

अमेरिकाले सुरक्षा कारण देखाउँदै आफ्नो टोली फिर्ता बोलाए पनि कतारमा आयोजना हुने फिफा यू–१७ विश्वकप निर्धारित मितिमै सुरु हुने भएको छ। फिफाले प्रतियोगिताको तयारी र सुरक्षा मूल्याङ्कनमा कुनै परिवर्तन नभएको स्पष्ट पारेको छ। अमेरिकी फुटबल महासंघले सुरक्षा अवस्थालाई ध्यानमा राख्दै प्रतियोगितामा सहभागिता र पूर्वतयारी शिविर रद्द गर्ने निर्णय गरेको थियो। तर, फिफाले बिहीबार एक विज्ञप्ति जारी गर्दै नोभेम्बर १९ देखि सुरु हुने प्रतियोगिता निर्धारित तालिकाअनुसार नै सञ्चालन हुने जनाएको हो।

‘सबै सहभागी र प्रशंसकहरूको सुरक्षा हाम्रो सर्वोच्च प्राथमिकता हो। हामी सम्बन्धित अधिकारीहरूसँग निरन्तर सम्पर्कमा छौँ र कतारमा प्रतियोगिता सुरु हुने प्रतीक्षामा छौँ,’ फिफाले भनेको छ। फिफाका अनुसार पछिल्ला महिनाहरूमा कतारले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता सफलतापूर्वक आयोजना गर्दै आएको छ। हालै कतार ग्रान्ड प्रिक्स तथा २०२६ को एफआईपी प्याडेल विश्वकप पनि सफलतापूर्वक सम्पन्न भएका थिए।

प्रतियोगिता सुरु हुन एक साताअघि फिफाले आफ्नो सुरक्षा मूल्याङ्कन यथावत् रहेको र प्रतियोगिताको सुरक्षामा असर पार्ने कुनै नयाँ घटनाक्रम नरहेको जनाएको छ। अमेरिकी टोलीको निर्णय अमेरिकाका लागि जारी गरिएको तेस्रो तहको यात्रा परामर्शलाई ध्यानमा राखेर गरिएको फिफाको भनाइ छ।