सर्वोच्च अदालतका लागि सिफारिस चार न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन
Read the full story at Nagarik News

सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चार जनाको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ। समितिको आज बसेको बैठकले उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा रत्नबहादुर बागचन्द, उच्च अदालत पाटनका न्यायाधीश चन्द्रबहादुर सारु, उच्च अदालत पाटनको हेटौँडा इजलासका न्यायाधीश जनक पाण्डे र उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका न्यायाधीश गोकर्ण डाँगीको नाम अनुमोदन गरेको हो।
न्याय परिषद्ले गत असोज २० गते सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि उनीहरुको नाम सिफारिस गरेको थियो। समितिले प्रस्तावित चारै जना न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया यही कात्तिक १९ गतेदेखि सुरु गरेको थियो।
समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार प्रस्तावित न्यायाधीशविरुद्ध १३ वटा उजुरी परेका थिए। न्याय परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले न्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।
More society
- तिहार र छठमा बिजुली जान नदिन यस्तो तयारीNepal Khabar
- तिहारका २ दिन उपत्यकाको फोहर व्यवस्थापन नहुने, सडकमा फोहोर नफाल्न महानगरको आग्रहNepal Khabar
- Kolu Kondattam 2026: 700 windows into a traditionThe Hindu
- पश्चिम पुगेका दक्षिण एसियाली सम्पदा फिर्ताको बहस छेडेको अन्तर्राष्ट्रिय कला प्रदर्शनी सम्पन्नSetopati
- Top news of the day: Karnataka High Court says Enforcement Directorate is not a ‘super cop’; Explosion at Ghaziabad police outpost injures one; and moreThe Hindu
- नेपाली फिल्ममा तिहारका गीत, आज पनि उत्तिकै हिटOnlinekhabar (Nepali)