तिहार र छठमा बिजुली जान नदिन यस्तो तयारी
Read the full story at Nepal Khabar

नेपाल विद्युत् प्राधिकरणले तिहार तथा छठ पर्वका बेला उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न विशेष तयारी गरेको छ। उज्यालोको पर्व तिहारमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन उत्पादन, प्रसारण तथा वितरण प्रणालीलाई चुस्त राख्नुका साथै प्राविधिक कर्मचारीलाई चौबिसै घण्टा तयारी अवस्थामा राख्ने व्यवस्था मिलाइएको छ।
तिहार तथा छठ पर्वका समयमा विद्युत् प्रणालीको नियमित सञ्चालन र आपूर्ति व्यवस्थापनका लागि प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठको अध्यक्षतामा वरिष्ठ व्यवस्थापन टोलीको बैठक सम्पन्न भएको छ। बैठकमा पर्वका समयमा विद्युत् आपूर्ति सहज बनाउन गरिएका तयारी, प्रणाली सञ्चालन र सम्भावित चुनौतीको व्यवस्थापनबारे छलफल गरिएको थियो।
त्यसैगरी प्रणाली सञ्चालन विभाग (एलडीसी), ग्रिड सञ्चालन विभाग तथा वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गतका प्रादेशिक तथा प्रदेश डिभिजन कार्यलय प्रमुखहरूसँग संयुक्त भर्चुअल बैठक गरी विद्युत् आपूर्ति व्यवस्थापन, प्रणालीको निगरानी र आवश्यक जनशक्तिको परिचालनबारे छलफल तथा समन्वय गरिएको छ। कार्यकारी निर्देशक श्रेष्ठले पर्व अवधिभर विद्युत् आपूर्तिमा अवरोध हुन नदिन आवश्यक सम्पूर्ण तयारी गर्न सम्बन्धित कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन्।
More society
- आज काग तिहार पर्व मनाइँदैNepal Khabar
- चाडपर्वमा देशभर सुरक्षा व्यवस्था कडाNepal Khabar
- हेटौँडामा पिकअप र मोटरसाइकल ठोकिँदा युवकको मृत्यु, चालक पक्राउNepal Khabar
- कलाकार रमेश दुलालले यसपालि पनि कागको आवाज निकालेर गरे काग सम्मेलनNepal Khabar
- तिहारका २ दिन उपत्यकाको फोहर व्यवस्थापन नहुने, सडकमा फोहोर नफाल्न महानगरको आग्रहNepal Khabar
- Supreme Court registers Karki’s petition for reinstatement as Nepal Police chiefKathmandu Post