Skip to main content
अर्थतन्त्रBizmandu

आधा शताब्दीपछि चन्द्रमामा मानव बस्ती विस्तार गर्ने नासाको तयारी, नयाँ अन्तरिक्ष यात्री खोज्दै

Read the full story at Bizmandu

केप क्यानाभेरल, फ्लोरिडा। चन्द्रमामा पुग्ने, त्यहाँ अनुसन्धान गर्ने र भविष्यमा बन्ने मानव बस्तीको हिस्सा बन्ने अवसरको चाहना गर्नेका लागि एउटा आकर्षक अफर छ। यो सपना पूरा गर्न चाहनेका लागि अमेरिकी अन्तरिक्ष निकाय नासाले नयाँ ढोका खोलेको छ। चन्द्रमामा मानव उपस्थितिलाई स्थायी बनाउने महत्त्वाकांक्षी अभियानका लागि नासाले नयाँ अन्तरिक्ष यात्री छनोट गर्दैछ। इच्छुक अमेरिकी नागरिकले डिसेम्बर ३ सम्म आवेदन दिन सक्नेछन्।

छनोट हुने भाग्यमानीले सन् २०२८ देखि तालिम सुरु गर्नेछन्, जुन वर्ष नासाले आधा शताब्दीभन्दा लामो अन्तरालपछि मानिसलाई फेरि चन्द्रमाको सतहमा उतार्ने लक्ष्य राखेको छ। नासाका अधिकारीहरूले शनिबार केनेडी स्पेस सेन्टरमा आयोजित एयर शोका क्रममा नयाँ अन्तरिक्ष यात्री छनोटको घोषणा गरेका हुन्। उक्त कार्यक्रम चन्द्र अन्वेषणका साथै हवाई उड्डयन र प्रविधिमा भएका प्रगति प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको थियो। नासाले यसअघि सन् २०२४ मा नयाँ अन्तरिक्ष यात्री छनोटका लागि आवेदन मागेको थियो। त्यसबेला आठ हजारभन्दा बढीले आवेदन दिएका थिए।

तीमध्ये अन्तिम चरणमा १० जना छनोट भएका थिए। उनीहरूलाई सन् २०२५ सेप्टेम्बरमा सार्वजनिक गरिएको थियो। हाल नासासँग सक्रिय अन्तरिक्ष यात्रीको सङ्ख्या ३२ मात्रै छ। पृथ्वीको तल्लो कक्षभन्दा बाहिर मानव उपस्थितिलाई छिटो विस्तार गर्ने लक्ष्य लिएको नासालाई थप जनशक्ति आवश्यक परेको छ।