चीन भ्रमणमा निस्कनुअघि रवि लामिछानेसँग छलफल गर्दै रास्वपाको टोली
Read the full story at Ratopati

काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा आइतबार चीन प्रस्थान गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय भ्रमण टोलीले पार्टी सभापति रवि लामिछानेसँग छलफल गर्ने भएको छ । महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा रास्वपाका २० सदस्यीय टोली १० दिने भ्रमणमा निस्कन लागेको हो । भ्रमण टोलीले शुक्रबार संसदीय दलका नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहसँग छलफल गरेको थियो ।
छलफलका क्रममा प्रधानमन्त्री शाहले भ्रमणलाई पर्यटकीय गतिविधिमा मात्र सीमित नराखी उपलब्धिमूलक बनाउन निर्देशन दिएका थिए । भ्रमणका क्रममा आपसी अनुभव आदानप्रदानका साथै सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि तथा जनअपेक्षाअनुरूपको राजनीतिक नेतृत्वलगायत बहुआयामिक विषयमा छलफल हुने पराजुलीले जानकारी दिए । भ्रमण टोलीमा महामन्त्री आचार्यसहित गणेश पराजुली, हरि ढकाल, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी आचार्य, समीक्षा बास्कोटा, सागर ढकाल, सुशान्त वैदिक, रीमा विश्वकर्मा, रमेशकुमार सापकोटा, डा. धनञ्जय रेग्मी, गजला शमिम मिकरानी, श्रीराम न्यौपाने, डा.
राम लामा, पुनमकुमारी अग्रवाल, डा. आनन्दबहादुर चन्द, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रत्ना थापा छन् ।
More sports
- चितवन र जनकपुरका १–१ खेलाडी परिवर्तन, अनिलको स्थानमा सन्तोष र मुस्लीको स्थानमा मलानNepal Khabar
- रोमाञ्चक खेलमा काठमाडौंलाई हराउँदै सुदूरपश्चिम प्लेअफमाNepal Khabar
- Germany's Nmecha won't repeat controversial goal celebrationDW
- सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक एनपीएलको प्लेअफमा, सनसनीपूर्ण खेलमा काठमाडौं गोर्खाज पराजितNagarik News
- अन्तिम ओभरसम्मको संघर्षले काठमाडौंलाई हराउँदै प्लेअफ पुग्ने दोस्रो टोली बन्यो सुदूरपश्चिमBizmandu
- चीन जाने रास्वपाको टोलीलाई प्रधानमन्त्री बालेनले भने- आर्थिक विकाससँग जोड्ने एजेण्डा उठाउनूहोस्Nagarik News