अन्तिम ओभरसम्मको संघर्षले काठमाडौंलाई हराउँदै प्लेअफ पुग्ने दोस्रो टोली बन्यो सुदूरपश्चिम
Read the full story at Bizmandu

काठमाडौं। सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफमा पुगेको छ। आज सम्पन्न खेलमा काठमाडौं गोर्खाजलाई ७ रनले हराउँदै सुदूरपश्चिम प्लेअफ पुग्ने दोस्रो टोली बनेको हो। सुदूरको सेलिब्रेसन। यसअघि लुम्बिनी लायन्सले प्लेअफमा स्थान पक्का गरिसकेको छ। अब, सुदूरपश्चिम पनि प्लेअफ पुगेसँगै बाँकी पाँच टोली बाँकीका दुई स्थानका लागि चर्चो प्रतिस्पर्धामा हुनेछन्।
पोखरा एभेन्जर्स भने प्लेअफको होडबाट बाहिरिसकेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२५ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको काठमाडौं ७ विकेट गुमाएर ११८ रनमा समेटियो। काठमाडौंका मोहम्मद आदिल आलम आज पनि चल्न सकेनन्। १२६ रनको सामान्य लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको काठमाडौंका लागि राशिद खानले सर्वाधिक अविजित ३५ रन बनाउँदा दुसन हेमन्थाले २१ तथा साम हेजलेटले ११ रनको योगदान दिए। नेपाली ब्याटर भने क्रिजमा टिक्नै सकेनन्।
सुदूरपश्चिमका हेमन्त धामीको अपिल। बलिङ अनिल खरेलले २ विकेट लिँदा स्कट कुगेलेइन, हेमन्त धामी र फेबियन एलनले समान १ विकेट लिए। सुदूरपश्चिमले सुरुवाती ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२५ रन बनाएको हो। कप्तान ऐरीले अर्धशतक बनाए।
More sports
- चितवन र जनकपुरका १–१ खेलाडी परिवर्तन, अनिलको स्थानमा सन्तोष र मुस्लीको स्थानमा मलानNepal Khabar
- रोमाञ्चक खेलमा काठमाडौंलाई हराउँदै सुदूरपश्चिम प्लेअफमाNepal Khabar
- Germany's Nmecha won't repeat controversial goal celebrationDW
- कीर्तिपुरमा क्रिकेटको रौनक: पारिलो घामसँगै एनपीएलमा झुमिरहेका दर्शक (फोटोफिचर)DC Nepal
- NBA: Cunningham scores 52 as Pistons win double OT thriller against WizardsAl Jazeera
- Harry Kane breaks caps record as England reach Nations League knockoutsAl Jazeera