क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी
Read the full story at Nagarik News

कालीगण्डकी नदीमा आएको बाढीले कटान गरेर क्षतिग्रस्त बनाएको बेनी बजार संरक्षणका लागि निर्माण गरिएको पक्की पर्खाल पुनर्निर्माणको तयारी थालिएको छ। बाढीले क्षति पुर्याएको संरचना पुनर्निर्माणका लागि करिब पाँच करोड रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। आगामी बर्खाअघि नै नदी नियन्त्रण तथा बजार संरक्षणको काम सम्पन्न गर्ने लक्ष्यसहित एक महिनाभित्र ठेक्का आह्वान गर्ने तयारी गरिएको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयले जनाएको छ।
बाढीले बेनी नगरपालिका–८ गणेश टोल पछाडि निर्माण गरिएको करिब ८० मिटर लामो पक्की पर्खाल र वडा नं ७ स्थित म्याग्दी जेसीजको कार्यालय अगाडि रहेको करिब १५ मिटर लामो पक्की पर्खाल कटान गरी क्षतिग्रस्त बनाएको थियो। नदीको कटानले पर्खालसँगै चक्रपथसमेत प्रभावित भएको छ। सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाका इन्जिनियर नरजङ्ग गुरुङले क्षतिग्रस्त पर्खाल पुनर्निर्माणका लागि तत्काल लागत अनुमान तयार गरी आवश्यक बजेट व्यवस्थापनसहित एक महिनाभित्र ठेक्का आह्वान गर्ने योजना रहेको बताए।
उनका अनुसार पुनर्निर्माणका क्रममा कम्पोजिट प्रविधिको पर्खाल निर्माण गर्ने योजना छ। बेनी नगरपालिकाका प्रमुख सुरत केसीले सदरमुकाम बेनी बजारको संरक्षणका लागि क्षतिग्रस्त पर्खाल पुनर्निर्माणमा ढिलाइ गर्न नहुने बताए।
More politics
- As arrest rumours swirl, Congress sees plot to silence ThapaKathmandu Post
- Naresh Bhatt says he dismembered wife’s body after finding her deadKathmandu Post
- Winning the toss is not benefiting the teams in NPL Season 3Kathmandu Post
- मिडियालाई अझै नियन्त्रण गर्ने उद्देश्यले प्रेस काउन्सिल अध्यादेश ल्याइयो: महासंघNepal Khabar
- विराटनगरमाथि काठमाडौँको सानदार जितNepal Khabar
- ‘सरकारले चाहे जस्तो पत्रकारिता गर्न सक्दैनौँ, सञ्चारमन्त्रीले पत्रकारिता नसिकाए हुन्छ’Nepal Khabar