ट्राफिकलाइट प्रयोगबारे सचेतना जगाउँदै भरतपुर महानगरपालिका
Read the full story at Onlinekhabar (Nepali)

१९ कात्तिक, चितवन। भरतपुर महानगरपालिकामा हालै जडान गरिएको ‘ट्राफिकलाइट’पछि सडक आवागमनका विषयमा अपनाउनुपर्ने सावधानीसम्बन्धी यात्रु तथा सवारी चालकलाई सचेतना जगाउन सुरु गरिएको छ । भरतपुरको चौबिसकोठीमा जडान गरिएको ट्राफिकलाइट परीक्षण सञ्चालन गरी आज सचेतना कार्यक्रम गरिएको हो । भरतपुर महानगरपालिकाले ट्राफिकलाइटको सर्वसाधारणले कसरी प्रयोग गर्ने भन्नेबारे सचेतना जगाउन सुरु गरिएको जनाएको छ ।
“महानगरका प्रमुख चोकहरूमा जडान गरिएका ट्राफिकलाइट सञ्चालन गरिसकिएको छैन । प्रभावकारी रूपमा सञ्चालन हुँदै गर्दा कसरी प्रयोग गर्ने भन्ने विषयमा सचेतना जगाउन सुरु गरिएको हो । महानगरले दर्शन मिडियासँगको समन्वयमा यो कार्यक्रमलाई अघि बढाएको हो,” महानगरका वातावरण शाखाका इन्जिनियर विराट घिमिरेले भने। उनका अनुसार ट्राफिक एवं पार्किङ व्यवस्थापनका लागि ट्राफिक शिक्षा लिएका विद्यार्थीहरूको सक्रियतामा कार्यक्रमलाई अघि बढाइएको हो ।
वातावरण शाखाका इन्जिनियर घिमिरेले अहिले हुने गरेका सवारी दुर्घटना कम गर्न ट्राफिकलाइट जडान सकेर सचेतना जगाउन सुरु गरिएको बताए । ट्राफिक व्यवस्थापन र पार्किङका क्षेत्रमा देखिएको समस्या समाधानका लागि एकल प्रयासले सम्भव नहुने भन्दै स्थानीयस्तरमा टोल विकास संस्थाहरूको सक्रियता पनि रहेको उनले जानकारी दिए।
More society
- तिहारको तयारीसँगै बजारमा चहलपहल (तस्बिरहरू)Nepal Khabar
- आईजीपीमा पुनर्बहाली माग गर्दै कार्कीले दिएको रिट तिहारपछि मात्रै सुनुवाइ हुने, बिहीबार भएन दर्ताNepal Khabar
- जग्गा नामसारी गर्दा एक लाख घुस लिएको आरोपमा नासु पक्राउNepal Khabar
- Telangana Prisons Department launches psychotherapy programme for women inmatesThe Hindu
- ‘Ramayana: Part 1’: How Yash mastered the art of playing RavanaThe Hindu
- Pregnant women in corridors, waiting areas should not be construed as overcrowding: Niloufer superintendentThe Hindu