तिहारको उज्यालोमा हराएको संसार
Read the full story at Nagarik News

तिहारसँगै घरघरमा दीपावलीको उज्यालो छाएको छ। आँगनमा सयपत्री र मखमली फुलेका छन्। बजार तिहारमा रंगिएको छ। दिदीबहिनी आफ्ना भाइको निधारमा सप्तरंगी टीका लगाउन आतुर छन्। भाइहरू आफ्ना दिदीबहिनीलाई भेट्न, उनीहरूको हातबाट टीका लगाउन र आशीर्वाद लिन घर फर्किरहेका छन्। कतै आमाहरू मिठा परिकार पकाउँदै छन्, कतै भाइहरू हाँस्दै देउसीभैलो खेलिरहेका छन्।
खुसी, प्रेम र आत्मीयताले घर उत्फुल्ल देखिन्छन्। यही उज्यालो तिहारको बिचमा एउटी छोरीको संसार भने अँध्यारो छ। उसको घरमा न आमाको ममताले भरिएको आवाज छ, न बाबाको भरोसाले भरिएको साथ, न भाइहरूको हाँसो। न कसैले ढोकाबाट बोलाउँदै भन्छ - ‘दिदी, हामी आयौं। ’ अरूका घरमा तिहारको खुसी देख्दा उसको मनभित्रको अँध्यारो खाडल झनै गहिरिन्छ। पहिला उज्यालो बोकेर उसको पनि तिहार आउँथ्यो, आमाको हातबाट टीका लगाउँथी, बाबाको स्नेहरूपी आशीर्वाद पाउँथी।
आफ्ना भाइहरूको निधारमा सप्तरंगी टीका लगाएर उनीहरूको दीर्घायु, सुख र सफलताको कामना गर्थी। आमाले पकाएको मिठो खाना खान्थी, भाइहरूसँग हाँस्दै, रमाउँदै, देउसीभैलोको आवाज सुन्दै रात बिताउँथी। आज ती सबै खुसी सम्झनामा मात्र सीमित छन्। कहिलेकाहीं तिहार आउँदा उसको मनमा बाल्यकालका ती दिन चलचित्रझैं घुम्न थाल्छन्। आमाबुबा र भाइहरूसँग बिताएका ती साना–साना क्षण आज जीवनका सबैभन्दा अमूल्य सम्पत्ति बनेका छन्।
More society
- कानुन मन्त्रालय पठाइँदै शिक्षा नियमावली संशोधन प्रस्तावNepal Khabar
- पोखरा विमानस्थलको भुक्तानी र चिनियाँ ऋणको विवरण झिकाउन विशेष अदालतको आदेशNepal Khabar
- विद्यालयको जग्गा संरक्षण र स्वामित्व सुनिश्चित गर्न विवरण संकलन सुरु, इमिसमा अनिवार्य अद्यावधिक गर्न परिपत्रNepal Khabar
- तिहारमा परदेशीको पीडा र परिवारको सम्झना समेट्दै जितेन्द्रको देउसी भैलोNepal Khabar
- यमपञ्चक सुरु , आज काग तिहारDC Nepal
- आज काग तिहारSetopati