तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा
Read the full story at Onlinekhabar (Nepali)

२० कात्तिक, तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भूमिगत विद्युतगृहसहितका प्रमुख संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको प्याकेज–२ अन्तर्गत विद्युतगृह, सुरुङ तथा सम्बन्धित उपकरण जडानको काम झन्डै ८० प्रतिशत सम्पन्न भएको हो । प्याकेज–२ को निर्माण चीनको सिनो हाइड्रो कर्पोरेसनमार्फत भइरहेको छ ।
आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार भूमिगत संरचना निर्माणका लागि आवश्यक उत्खननकार्य सम्पन्न भइसकेको छ भने अधिकांश संरचनाको सिभिल निर्माण पूरा भएको छ । भूमिगत विद्युतगृह, टेलरेस सुरुङ, केबल सुरुङ, सर्ज साफ्ट, इन्टेक तथा ड्राफ्टट्युब सुरुङ र पेनस्टकको ब्याकफिल कङ्क्रिटिङलगायत प्रमुख संरचनामा उत्खनन तथा कङ्क्रिटिङको काम करिब सम्पन्न भएको छ । मुख्य सुरुङको कङ्क्रिट लाइनिङकार्य अन्तिम चरणमा पुगेको आयोजना प्रमुख भण्डारीले जानकारी दिए । भूमिगत विद्युतगृहमा विद्युत् उत्पादनका लागि आवश्यक उपकरण जडानको काम अघि बढेको छ ।
विद्युतगृहमा जेनेरेटर, टर्बाइन, सिसीटिभी, ट्रान्सफर्मरलगायत इलेक्ट्रोमेकानिकल उपकरण जडान तथा परीक्षण भइरहेको उनले बताए । त्यसैगरी, वातावरणीय बहावका लागि निर्माण गरिने विद्युतगृह र बाँध सञ्चालन भवनको निर्माण जारी रहेको छ ।
More politics
- As arrest rumours swirl, Congress sees plot to silence ThapaKathmandu Post
- Naresh Bhatt says he dismembered wife’s body after finding her deadKathmandu Post
- Winning the toss is not benefiting the teams in NPL Season 3Kathmandu Post
- मिडियालाई अझै नियन्त्रण गर्ने उद्देश्यले प्रेस काउन्सिल अध्यादेश ल्याइयो: महासंघNepal Khabar
- विराटनगरमाथि काठमाडौँको सानदार जितNepal Khabar
- मिस्रीको नेपाल भ्रमण: बालेनको भारत भ्रमणबारे छलफल, सहकार्य विस्तारमा जोडNepal Khabar