Skip to main content
खेलकुदNepal Khabar

एनपीएलमा आज यी चार टोलीबीच हुँदैछ प्रतिस्पर्धा

Read the full story at Nepal Khabar

एनपीएलमा आज यी चार टोलीबीच हुँदैछ प्रतिस्पर्धा

शुक्रबार हुने पहिलो खेल सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स तथा दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्ने तालिका छ। सुदूरपश्चिम र कर्णालीबीचको खेल दिउँसो १२ः३० बजेदेखि सुरु हुनेछ। चितवन र पोखराबीचको खेल अपराह्न ५ बजेदेखि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ। जारी एनपीएलमा कर्णालीले तीन खेल खेल्दा दुईमा जित र एक खेलमा हार व्यहोरेको छ। कर्णाली लगातार दुई जितपछि पछिल्लो खेलमा काठमाण्डु गोर्खाजविरुद्ध पराजित भएको थियो।

सुदूरपश्चिम लगातार दोस्रो जितको खोजीमा छ। उसले अहिलेसम्म चार खेल खेल्दा दुईमा जित र दुई खेलमा हारको सामना गरेको छ। सुदूरपश्चिम आज कर्णालीलाई हराएर अङ्क तालिकामा सुधार गर्ने योजनामा छ। आजको दोस्रो खेलमा प्रतिस्पर्धा गर्ने पोखरा अहिलेसम्म जितविहीन छ। उसले तीन खेल खेल्दा सबै खेलमा हारको सामना गरेको छ।

कुशल भूर्तेल नेतृत्वको पोखरा आज चितवनलाई हराएर जितको खाता खोल्ने योजनामा छ। उसले चार खेल खेल्दामा दुई खेलमा जित, एकमा हार तथा एक खेलमा वर्षाका कारण अङ्क बाँडेको छ। जारी संस्करणको एनपीएलमा आठ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।