देउवा समूहद्वारा नेपाल लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा सुवोध प्रधान मनोनीत
Read the full story at Onlinekhabar (Nepali)

देउवा समूहको ‘१५औं नियमित महाधिवेशन तयारी समिति’का संयोजक डा. शशांक कोइरालाले प्रधानलाई संघको अध्यक्षमा मनोनीत गरेका हुन् । १८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले पार्टीको भ्रातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा चितवनका सुवोध प्रधानलाई मनोनीत गरेको छ ।
देउवा समूहको ‘१५औं नियमित महाधिवेशन तयारी समिति’का संयोजक डा. शशांक कोइरालाले प्रधानलाई संघको अध्यक्षमा मनोनीत गरेका हुन् । प्रधानलाई आगामी छ महिनाभित्र अधिवेशन सम्पन्न गर्ने निर्देशनसहित प्रधानलाई अध्यक्षको जिम्मेवारी प्रदान गरिएको संयोजक कोइरालाको सचिवालयले जनाएको छ । कराते तथा किक बक्सिङ खेलसँग आबद्ध प्रधान खेलकुद क्षेत्रको विकास र संगठनात्मक गतिविधिमा समेत सक्रिय छन् ।
संघको महासचिव रहिसकेका प्रधान देउवा समूहबाट कांग्रेसका महासमिति सदस्य रहेका छन् । देउवा समूहले यसअघि भ्रातृ संगठनहरू नेपाल विद्यार्थी संघ (नेविसंघ), नेपाल तरुण दल र नेपाल दलित संघमा समानान्तर अध्यक्ष मनोनीत गरेको थियो ।
More sports
- Not a good farewell match for Andre RussellKathmandu Post
- दशौँ राष्ट्रिय खेलकुदमा कञ्चनपुरबाट ३४२ खेलाडी छनोटNagarik News
- Cristiano Ronaldo brings his international football career to an endFrance 24
- Australia appoint Mike Hussey as consultant for Ashes and Cricket World CupAl Jazeera
- Who is Kozo Tashima, the Japanese official running for FIFA presidency?Al Jazeera
- नेपाल लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा सुवोध प्रधान मनोनीतDC Nepal