‘जलवायु सङ्कटले विश्वको तयारी र प्रतिकार्य क्षमतालाई उछिन्दै’
Read the full story at Onlinekhabar (Nepali)

२६ कात्तिक, अन्ताल्या । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु सङ्कट विश्वको तयारी र प्रतिकार्य क्षमताभन्दा तीव्र गतिमा बढिरहेको उल्लेख गर्दै हरितगृह ग्यास उत्सर्जन कटौती र जलवायु कार्यलाई तीव्रता दिन विश्व नेताहरूलाई आग्रह गरेका छन् । टर्किएको अन्ताल्यामा बुधबार आयोजित कोप–३१ नेताहरूको शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले सन् २०२५ मा विश्वव्यापी हरितगृह ग्यास उत्सर्जन अहिलेसम्मकै उच्च विन्दुमा पुगेको र पछिल्ला चार वर्ष विश्वकै सबैभन्दा ताता वर्ष बनेको बताए ।
जीवाश्म इन्धनको व्यापारबाट केही स्वार्थ समूहले ठूलो नाफा कमाइरहेको तर त्यसको मूल्य विश्वले जलवायु सङ्कट र वातावरणीय विनाशका रूपमा चुकाउनुपरेको उनको भनाइ थियो । जलवायुसम्बन्धी विपद्ले विश्वभर मानिसको जीवन, जीविकोपार्जन र अर्थतन्त्रमा गम्भीर असर पारिरहेको उल्लेख गर्दै उनले वर्तमान अवस्थालाई सामूहिक विनाशतर्फको यात्राको संज्ञा दिए । सन् २०१५ मा पेरिसमा भएको जलवायु सम्झौतामार्फत विश्वले पृथ्वीको तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित राख्ने प्रतिबद्धता जनाएको स्मरण गराउँदै महासचिव गुटेरेसले उक्त सीमा अस्थायी रूपमा नाघ्ने अवस्था अपरिहार्य देखिएको बताए ।
यद्यपि, त्यसलाई स्थायी अवस्था बन्न नदिन तथा तापक्रम कति बढ्ने र कति समयसम्म उच्च रहने भन्ने निर्धारण गर्न अझै अवसर रहेको उनले स्पष्ट पारे ।
More environment
- नवनिर्वाचित सांसद नाजिमा खातुनले लिइन् शपथNepal Khabar
- राशिफल २६ कात्तिक : धनुलाई जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता, तपाईँको के?Nepal Khabar
- UN chief urges climate justice and greater support for vulnerable countriesKathmandu Post
- Ghoptebhir landslide leaves Prithvi Highway operating one-wayOnlinekhabar English
- Nepal pledges to strengthen locally led climate adaptation through LIFE-ARThe Rising Nepal
- रिच फर नेपालद्वारा बाढीपीडितका लागि अस्ट्रेलियाबाट ६० हजार डलर सहयोग, प्रधानमन्त्री राहत कोषमा जम्माDC Nepal