जलवायु कार्यको केन्द्रमा स्वास्थ्यलाई राख्न राष्ट्रसङ्घीय जलवायु प्रमुख स्टिलको जोड
Read the full story at Nagarik News

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले जलवायु परिवर्तनविरुद्धका विश्वव्यापी प्रयासमा स्वास्थ्य क्षेत्रलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिएका छन्। टर्किएको अन्ताल्यामा सोमबारदेखि सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) अन्तर्गत आयोजित स्वास्थ्य सम्बन्धी मन्त्रीस्तरीय गोलमेच बैठकलाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तनले स्वास्थ्य प्रणालीमा पार्ने प्रभाव प्रत्यक्ष रूपमा मानव जीवन र मृत्युसँग जोडिएको बताए।
अत्यधिक गर्मीले अस्पतालका वार्ड प्रभावित हुनु, विद्युत् आपूर्ति अवरुद्ध हुँदा औषधि भण्डारणमा समस्या आउनु, बाढीले खानेपानीका स्रोत दूषित बनाउनु तथा प्राकृतिक विपद्का कारण गर्भवती महिलालाई स्वास्थ्य संस्थासम्म पुग्न कठिन हुनु जलवायु सङ्कटका प्रत्यक्ष मानवीय प्रभाव भएको उनले उल्लेख गरे। जलवायु परिवर्तनले स्वास्थ्य प्रणालीलाई एकैपटक नभई क्रमशः कमजोर बनाउँदै लैजाने उनको भनाइ थियो।
अस्पतालका वार्ड अत्यधिक तातिने, विद्युत् आपूर्ति बन्द हुँदा औषधि राख्ने फ्रिज बिग्रने, बाढीको पानी इनारमा पस्ने र प्रसव व्यथामा रहेकी महिलाले स्वास्थ्य संस्था पुग्ने बाटो अवरुद्ध भएको पाउने अवस्थाले जलवायु परिवर्तनलाई जीवन र मृत्युसँग जोड्ने उनले बताए।
More health
- विज्ञहरूको चेतावनी: जलवायु परिवर्तनले विश्वव्यापी स्वास्थ्य संकट निम्त्याउँदै छNepal Khabar
- Teenager who planned terror attack in Sydney tells court he was radicalised online and used AI to strategiseThe Guardian
- Epstein associate who still runs model agency 'put me in danger' says abuse survivorBBC
- Gift a toy to a poor child battling cancer in ChennaiThe Hindu
- Suspect in Mass Shooting in Krakow, Poland, Dies in Hospital. Here’s What to Know.The New York Times
- Who’s who for Europe at the Ukraine talks in Abu DhabiPolitico Europe