Skip to main content
अर्थतन्त्रNagarik News

परोपकारका नाममा उठाएको ५२ करोड चन्दा व्यक्तिगत विलासितामा खर्च गरेको आरोपले हंगामा

Read the full story at Nagarik News

परोपकारका नाममा उठाएको ५२ करोड चन्दा व्यक्तिगत विलासितामा खर्च गरेको आरोपले हंगामा

थाइल्यान्डकी पूर्वमिस थाइल्यान्ड तथा अभिनेत्री पनाद्दा ‘बुम’ वोंगफुडीमाथि परोपकारी संस्थाका नाममा संकलन गरिएको रकममध्ये ५२ करोड ७० लाख भाट व्यक्तिगत प्रयोजनमा खर्च गरेको आरोप लागेको छ। उनको नेतृत्वमा रहेको गुडनेस फाउन्डेसनले संकलन गरेको ८१ करोड ५० लाख भाटमध्ये ठूलो हिस्सा व्यक्तिगत खर्च, विलासी सामान खरिद र लगानीमा प्रयोग भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो। ठगी र सम्पत्ति शुद्धीकरणलगायत आरोपमा पक्राउ पुर्जी जारी भएपछि ५० वर्षीया पनाद्दा र उनका ५३ वर्षीय पति अतिप अनन्तवानले शुक्रबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए। आर्थिक अपराध नियन्त्रण विभागका प्रहरी अधिकारीले शनिबार अनुसन्धानको प्रारम्भिक विवरण सार्वजनिक गरेका हुन्।

प्रहरीका अनुसार पनाद्दाले सन् २०१५ देखि फेसबुकमार्फत परोपकारी कामका लागि भन्दै चन्दा संकलन गर्दै आएकी थिइन्। सुरुमा उनले व्यक्तिगत बैंक खातामा रकम उठाएकी थिइन्। पछि सन् २०२२ मा गुडनेस फाउन्डेसन दर्ता गरेर संस्थाको नाममा समेत बैंक खाता खोलेकी थिइन्। तर, व्यक्तिगत खातामार्फत पनि चन्दा संकलन जारी राखेको अनुसन्धानमा खुलेको छ।

सन् २०१५ देखि हालसम्म तीनवटा बैंक खातामा १० लाखभन्दा बढी दाताबाट ३२ लाखभन्दा बढी कारोबारमार्फत ८१ करोड ५० लाख भाट जम्मा भएको प्रहरीको दाबी छ। त्यसमध्ये ५२ करोड ७० लाख भाट व्यक्तिगत प्रयोजनमा खर्च गरिएको पाइएको छ।