कर्णालीका खराब सूचक सुधारमा ध्यान दिन मुख्यमन्त्री शाहीको सुझाव
Read the full story at Thaha Khabar

सङ्घीय सरकारका महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी र मुख्यमन्त्री शाहीबीच आज मुख्यमन्त्री कार्यालयमा भएको भेटवार्ताका क्रममा उनले प्रदेशका समग्र खराब सूचकहरूमा सुधार ल्याउन सङ्घीय सरकारले थप कार्यक्रम, बजेट र प्रभावकारी सहकार्य गर्नुपर्ने धारणा राखे। उनले भने, “कर्णालीमा विद्यमान बालमृत्युदर, कुपोषण, पुड्कोपना र बालविवाहजस्ता गम्भीर खराब सूचाङ्कहरूलाई सुधार गर्न सङ्घीय सरकारले नियमितभन्दा पनि विशेष प्रकृतिका कार्यक्रमहरू कार्यान्वयनमा ल्याउनुपर्छ।
” सङ्घीय सरकारका मन्त्री स्वयं कर्णाली प्रदेशकै प्रतिनिधित्व गर्ने र यहाँको वास्तविकताबारे अवगत भएकाले यस विषयमा विशेष चासो मुख्यमन्त्री शाहीले आग्रह गरे। त्यसैगरी, हालैका वर्षहरूमा ठूलो चुनौतीका रुपमा देखापरेको किशोर किशोरीहरूको मानसिक स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउँदै मुख्यमन्त्री शाहीले यस क्षेत्रमा ठोस पहल गर्न मन्त्री बादीको ध्यानाकर्षण गराए।
भेटघाटमा मन्त्री बादीले कर्णालीको समग्र सुधारका लागि प्रदेश सरकारसँग सहकार्य गर्न आफूहरू पूर्ण रूपमा तयार रहेको बताइन्। उनले हाल कर्णालीमा बालसुधार गृह स्थापनाका लागि आवश्यक पहल भइरहेकोसमेत जानकारी गराइन्।
More business
- पर्यटन बोर्डको सीईओका लागि संक्षिप्त सूचीमा परे यी १६ जनाNepal Khabar
- नेपालमा उत्पादन पोर्टफोलियो विस्तार गर्दै टीसीएल, दशैँतिहार अफरमा २५ प्रतिशतसम्म छुट र आकर्षक उपहारNepal Khabar
- सिंहदरबारभित्र गाडीले ठक्कर दिँदा राष्ट्रियसभा सदस्य गैरे घाइतेNepal Khabar
- लगानी तथा पूर्वाधारसम्बन्धी कानुन संशोधनबारे निजी क्षेत्रसँग छलफलThaha Khabar
- लागुऔषध कारोबारमा सशस्त्रका दुई सुरक्षाकर्मीसहित चार जना पक्राउDC Nepal
- OPMCM shares weekly activitiesThe Rising Nepal