Skip to main content
समाजOnlinekhabar (Nepali)

प्रकाशमानको प्रश्न- विशेष महाधिवेशन गर्नेले अधिकार कहाँबाट पाए ?

Read the full story at Onlinekhabar (Nepali)

प्रकाशमानको प्रश्न- विशेष महाधिवेशन गर्नेले अधिकार कहाँबाट पाए ?

देउवाले राजीनामा नदिएको अवस्थामा विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने र कार्यसमिति नै बर्खास्त गर्ने अधिकार बसैलाई नभएको नेता सिंहले बताए । २१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहका नेता प्रकाशमान सिंहले १४औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा नै पार्टीको आधिकारिक सभापति रहेको दाबी गरेका छन् ।

देउवा समूहले शनिबार आयोजना गरेको काठमाडौं जिल्ला अधिवेशनको उद्घाटन समारोहमा उनले देउवा नै पार्टीको आधिकारिक सभापति रहेको दाबी गरेका हुन् । देउवाले राजीनामा नदिएको अवस्थामा विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने र कार्यसमिति नै बर्खास्त गर्ने अधिकार बसैलाई नभएको नेता सिंहले बताए । कांग्रेसको परम्परा र विधानअनुसार आफूहरू अघि बढिरहेको बताउँदै उनले विशेष महाधिवेशन गर्नेहरूले पार्टीको निर्वाचित सभापति र कार्यसमितिलाई हटाउने अधिकार कहाँबाट पाए भन्दै प्रश्न पनि गरे ।

‘१४औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाजी हुनुहुन्छ । उहाँले राजीनामा दिनुभएको छैन,’ उनले भने, ‘तथाकथित विशेष महाधिवेशन गर्नेहरूले पावर कहाँबाट पाए ? १४ औँ महाधिवेशनले निर्वाचित गरेको पार्टी सभापतिलाई बर्खास्त ग¥यो रे, त्यतिमात्र होइन, कार्यसमितिलाई पनि बर्खास्त ग¥यो ।