पद्मरत्न तुलाधरका योगदान नयाँ पुस्तासम्म पुर्याउन आवश्यक छ : सुनिता डंगोल
Read the full story at Nagarik News

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले स्वर्गीय पद्मरत्न तुलाधरले नेपाली समाज, भाषा, राजनीति, आदिवासी जनजातिको अधिकार र मानव अधिकारका क्षेत्रमा पुर्याएको योगदानलाई नयाँ पुस्तासम्म पु¥याउन आवश्यक रहेको बताएकी छन् । पद्मरत्न तुलाधरको आठौँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख डंगोलले तुलाधरको जीवन, संघर्ष र योगदानबाट वर्तमान पुस्ताले धेरै कुरा सिक्न सक्ने बताइन् । उनले तुलाधरलाई भाषा प्रेमीहरूका लागि प्रेरणाको स्रोतका रूपमा स्मरण गर्दै नेपाल भाषाको संवद्र्धन र प्रवद्र्धनमा उहाँले निर्वाह गरेको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरिन् ।
उनले राजनीतिक क्षेत्रमा उहाँले देखाएको भूमिका, विचारमा मतभेद भए पनि संवाद र विमर्शमार्फत शान्तिको बाटो रोज्नुपर्ने सन्देश आज पनि उत्तिकै सान्दर्भिक रहेको बताइन् । ‘विचारमा फरक हुन सक्छ, मतभेद हुन सक्छन्, तर राष्ट्रका लागि एकजुट भएर शान्ति प्रक्रियामा अघि बढ्नुपर्छ भन्ने उहाँको सन्देश आज पनि महत्त्वपूर्ण छ,’ डंगोलले भनिन् । डंगोलले तुलाधरले आदिवासी जनजातिका अधिकार तथा मानव अधिकारका क्षेत्रमा उठाएका मुद्दाहरू अझै पूर्ण रूपमा सम्बोधन हुन नसकेको बताइन् ।
उहाँले सुरु गरेका आन्दोलन र उठाएका सवालहरू आज पनि जीवन्त रहेकाले त्यसलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिइन् ।
More sports
- How Delhi spinner’s ‘6-7’ celebration travelled to English county cricketKathmandu Post
- कालीमाटीमा डल्ले च्याउको मूल्य किलोको ३२०, लोकल गोलभेँडाको २५ मात्रैNepal Khabar
- Mohammed Shami: The end of an era in Indian Test cricketThe Hindu
- ६ वर्षदेखि अलपत्र गोलबजार–लगडी गदियानी सडकमा कालोपत्रे थालियोOnlinekhabar (Nepali)
- Non-league's greatest giant-killers eye another scalpBBC
- १०औं राष्ट्रिय खेलकुदको तयारीबारे मन्त्री बादीद्वारा सुर्खेत रङ्गशालाको अनुगमनOnlinekhabar (Nepali)