Skip to main content
खेलकुदOnlinekhabar (Nepali)2 outlets covering

१०औं राष्ट्रिय खेलकुदको तयारीबारे मन्त्री बादीद्वारा सुर्खेत रङ्गशालाको अनुगमन

Read the full story at Onlinekhabar (Nepali)

१०औं राष्ट्रिय खेलकुदको तयारीबारे मन्त्री बादीद्वारा सुर्खेत रङ्गशालाको अनुगमन

२१ कात्तिक, सुर्खेत । कर्णाली प्रदेशमा आयोजना हुने १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीबारे महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले सुर्खेतस्थित रङ्गशालाको अनुगमन तथा निरीक्षण गरेकी छन् ।

अनुगमनका क्रममा मन्त्री बादीले खेल मैदान, प्याराफिटलगायत निर्माणाधीन पूर्वाधार तथा प्रतियोगिताको व्यवस्थापकीय तयारीबारे सरोकारवालासँग जानकारी लिएकी छन् । उनले प्रतियोगितालाई व्यवस्थित र सफल बनाउन खेलाडीका लागि आवश्यक आवास, खेलस्थलको व्यवस्थापन तथा अन्य सेवा–सुविधाको अवस्थाबारे चासो व्यक्त गरेकी थिइन् ।

१०औं राष्ट्रिय खेलकुद प्रतियोगिताले नयाँ खेल प्रतिभाको पहिचान, खेल क्षेत्रको विकास र राष्ट्रिय एकता प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै मन्त्री बादीले प्रतियोगिताको सफलताका लागि शुभकामना पनि दिइन् । कर्णाली प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको राष्ट्रियस्तरको यस प्रतियोगिताले प्रदेशको खेल पर्यटन, पूर्वाधार विकास र राष्ट्रिय पहिचान प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।