चार खेल, चार हार! पोखराको संकट गहिरिँदै, चितवनको दोस्रो जित
Read the full story at Setopati

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पोखरा एभेन्जर्सको हारको शृंखला लम्बिएको छ। शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजसँग ३० रनले पराजित भएसँगै पोखराले लगातार चौथो हार बेहोरेको छ। चितवनले दिएको १५२ रनको लक्ष्य पछ्याएको पोखरा १९ ओभरमा १२१ रनमै समेटियो। लगातार चौथो हारसँगै पोखरा अंकतालिकामा अंकविहीन रहँदै पुछारमा छ। चितवनले भने दोस्रो जित निकाल्दै ५ अंक जोडेको छ र अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ। पोखराका लागि अर्जुन कुमालले सर्वाधिक ४५ रन बनाए।
उनले ४४ बलमा ३ चौका र १ छक्का प्रहार गरे। युवराज साम्राले १४ बलमा १९, किरण ठगुन्नाले १३ र अर्जुन घर्ती मगरले १२ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। चितवनका बलरमध्ये रिजन ढकालले सर्वाधिक ४ विकेट लिए। उनले ४ ओभरमा २४ रन खर्चिए। कमल ऐरीले २ ओभरमा ७ रन दिएर ३ विकेट लिए।
डान मौस्ली, मौसम ढकाल र कुशल मल्लले समान १ विकेट हात पारे। १५२ रनको लक्ष्य पछ्याएको पोखराले पहिलो ओभरमै कुशल भुर्तेलको विकेट गुमायो। भुर्तेल ३ बलमा ४ रन बनाएर कमलसिंह ऐरीको बलमा आउट भए। त्यसपछि युवराज साम्रा र अर्जुन कुमालले दोस्रो विकेटका लागि ३५ रनको साझेदारी गरे। साम्रा १९ रनमा आउट भएपछि पोखराले नियमित अन्तरालमा विकेट गुमाउन थाल्यो। सदीरा समाराविक्रमा ४ रनमा आउट हुँदा पोखरा ८.२ ओभरमा ६२/३ को अवस्थामा पुगेको थियो।
More sports
- Mohammed Shami retires from Test cricket, to continue playing white-ball formatsThe Hindu
- पोखरा ११ बन्यो नागार्जुन भेट्रान्स फुटबलको च्याम्पियनOnlinekhabar (Nepali)
- पदक वितरणमा मनपरी गरेको भन्दै गण्डकी प्रदेश खेलकुद परिषद् सदस्यसचिव बर्खास्तOnlinekhabar (Nepali)
- Despite Russia impasse, Germany still hoping to host Men's Ice Hockey World ChampionshipDW
- ‘Clicky Ponting’ handed two-year suspension over cricket cheating scandalAl Jazeera
- Show Hope marks 10,000 adoptions across 65 countries, surpassing its founders' original goalTimes of India