पोखरा ११ बन्यो नागार्जुन भेट्रान्स फुटबलको च्याम्पियन
Read the full story at Onlinekhabar (Nepali)

२० कात्तिक, काठमाडौं । पोखरा ११ ले तेस्रो नागार्जुन भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि जितेको छ। शुक्रबार मध्यपुर थिमि मैदानमा भएको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई ४–० गोलले पराजित गर्दै पोखरा च्याम्पियन बनेको हो। पोखराको जितमा डेनिम राई, सुवीनकुमार श्रेष्ठ र सुरेन्द्र तामाङले पहिलो हाफमा गोल गरे।
दोस्रो हाफमा गंगाबहादुर तामाङले थप एक गोल गर्दै टोलीको जित सुनिश्चित गरे। पोखराका मिडफिल्डर गोविन्दबहादुर थापा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए। उनले पुरस्कारस्वरूप एक थान स्कुटर प्राप्त गरे। व्यक्तिगत विधातर्फ पोखराका योगेन थकाली उत्कृष्ट प्रशिक्षक र सुरेन्द्रबहादुर तामाङ उत्कृष्ट फरवार्ड घोषित भए।
त्यस्तै, सानोगौचरण नाइट किंग्स क्लबका शम्भु श्रेष्ठ उत्कृष्ट गोलकिपर, आर्मीका चुनबहादुर थापा उत्कृष्ट डिफेन्डर र राजु तामाङ उत्कृष्ट मिडफिल्डर चुनिए। उनीहरूले जनही १० हजार रुपैयाँ पुरस्कार पाए। धरान सिटी एफसीले फेयर प्ले अवार्ड प्राप्त गर्यो। प्रतियोगितामा सहभागीमध्ये सबैभन्दा बढी उमेरका खेलाडी थासाङ स्पोर्ट्स क्लबका ७३ वर्षीय डाक्टर कृष्ण भट्टचनलाई पनि सम्मान गरिएको थियो।
More sports
- Mohammed Shami retires from Test cricket, to continue playing white-ball formatsThe Hindu
- पदक वितरणमा मनपरी गरेको भन्दै गण्डकी प्रदेश खेलकुद परिषद् सदस्यसचिव बर्खास्तOnlinekhabar (Nepali)
- Despite Russia impasse, Germany still hoping to host Men's Ice Hockey World ChampionshipDW
- ‘Clicky Ponting’ handed two-year suspension over cricket cheating scandalAl Jazeera
- चौथो खेलमा पनि पराजित पोखरा संकटमा, जितसँगै चितवन तेस्रो स्थानमाBizmandu
- चार खेल, चार हार! पोखराको संकट गहिरिँदै, चितवनको दोस्रो जितSetopati