Skip to main content
अर्थतन्त्रOnlinekhabar (Nepali)

सशस्त्रद्वारा चालु आर्थिक वर्षमा १ करोड २१ लाख बढी मूल्यको पटका बरामद

Read the full story at Onlinekhabar (Nepali)

सशस्त्रद्वारा चालु आर्थिक वर्षमा १ करोड २१ लाख बढी मूल्यको पटका बरामद

२१ कात्तिक, काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले चालु आर्थिक वर्ष २०८३/८४ को हालसम्म देशका विभिन्न प्रदेशबाट १ करोड २१ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको पटका बरामद गरेको छ ।

चालु आर्थिक वर्षको श्रावणदेखि कात्तिक २० गतेसम्म देशका विभिन्न स्थानबाट कुल १ करोड २१ लाख २८ हजार ६ सय ६९ रुपैयाँ बराबरको पटका बरामद गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । प्रदेशगत विवरणअनुसार सबैभन्दा बढी मधेश प्रदेशबाट पटका बरामद भएको छ ।

त्यसैगरी कोशी, लुम्बिनी, सुदूरपश्चिम र बागमती प्रदेशबाट समेत पटका बरामद गरिएको सशस्त्रले जनाएको छ। तिहार तथा छठ पर्वका समयमा अवैध रूपमा पटका भित्र्याउने, ओसारपसार गर्ने तथा बिक्री वितरण गर्ने गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरीले सीमा क्षेत्रमा निगरानी र चेकजाँचलाई तीव्रता दिएको सशस्त्रले जनाएको छ ।