Skip to main content
राजनीतिNepal Khabar6 outlets covering

काठमाडौँबाट सर्लाही आउँदै गरेको माइक्रो बस मकवानपुरमा दुर्घटना

Read the full story at Nepal Khabar

काठमाडौँबाट सर्लाही आउँदै गरेको माइक्रो बस मकवानपुरमा दुर्घटना

मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानी गढीस्थित भीमफेदी-कुलेखानी-काठमाडौँ सडकखण्डमा आज (बिहीबार) बिहानै यात्रुवाहक गाडी दुर्घटना भएको छ।

काठमाडौँबाट यात्रु लिएर सर्लाहीका लागि आउँदै गरेको माइक्रो बस बिहान करिब ५ः४५ बजेतिर सडकबाट करिब ५०० मिटर तल खसेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) माधव काफ्लेले नेपालखबरलाई जानकारी दिए।

अहिले घटनास्थलमा उद्धार कार्य जारी रहेको र दुर्घटनामा परेकाको अवस्था तथा क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको डीएसपी काफ्लेले बताए।