सत्ता जोगाउन नेतन्याहूको नयाँ प्रस्ताव- राष्ट्रिय एकताको सरकार
Read the full story at Onlinekhabar (Nepali)

नेतन्याहूका लागि यो सत्ता संघर्ष राजनीतिक भविष्यसँगै व्यक्तिगत स्वतन्त्रतासँग पनि जोडिएको छ । उनीमाथि लागेका विभिन्न भ्रष्टाचारसम्बन्धी मुद्दा अदालतमा विचाराधीन छन् । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू आफ्नो राजनीतिक प्रभाव जोगाउने संघर्षमा जुटेका छन् ।
अक्टोबरमा भएको निर्वाचनमा उनको गठबन्धनलाई पछि पार्दै विपक्षी दलहरू अगाडि आएपछि नेतन्याहू विपक्षी नेतृत्वमा नयाँ सरकार गठन हुन नदिन सक्रिय भएका हुन् । पछिल्ला केही दिनमा निर्वाचन अभियानका क्रममा एकअर्कामाथि तीव्र व्यक्तिगत आरोप लगाएका नेतन्याहूले राष्ट्रिय एकता र विपक्षी दलसँग मिलेर सरकार गठन गर्नुपर्ने विषय उठाउन थालेका छन् । शनिबार इजरायली राष्ट्रपति आइज्याक हर्जोगले पूर्व सेना प्रमुख गादी आइजेनकोटलाई संसद्मा बहुमत जुटाउनसक्ने सरकार गठनको जिम्मेवारी दिएका थिए ।
सोही दिन नेतन्याहूले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै अरब दलहरूको समर्थनमा सरकार बने इजरायलमा गृहयुद्धको वास्तविक खतरा उत्पन्न हुनसक्ने दाबी गरे । उनले अरब दलहरूमाथि इजरायल राज्यलाई समाप्त पार्न चाहेको आरोपसमेत लगाए । दुई दिनपछि अर्को भिडियो सार्वजनिक गर्दै नेतन्याहूले विपक्षी गठबन्धनका नेताहरूलाई वर्तमान परिस्थितिको आवश्यकता बुझ्न आग्रह गरे ।
More politics
- सङ्खुवासभाको खाँदबारीमा घरमै चट्याङ पर्दा दुई जना घाइतेNagarik News
- भाइटीकामा २५ सय यात्रुलाई सशस्त्रको निःशुल्क बस सेवाNagarik News
- खाँदबारीमा चट्याङ लागेर दुई जना घाइतेDC Nepal
- With spurt in demand, 582 more government schools in Karnataka to start pre-primary classesThe Hindu
- रानीपोखरीमा दिदीबहिनी नहुने दाजुभाइको निधारमा सप्तरङ्गी टीका (तस्बिरहरू)Onlinekhabar (Nepali)
- Home Minister to unveil Ambedkar statues in YadgirThe Hindu