Skip to main content
राजनीतिNagarik News

भाइटीकामा २५ सय यात्रुलाई सशस्त्रको निःशुल्क बस सेवा

Read the full story at Nagarik News

भाइटीकामा २५ सय यात्रुलाई सशस्त्रको निःशुल्क बस सेवा

तिहारको मुख्य दिन भाइटीकामा सार्वजनिक यातायात नपाएर समस्यामा परेका दुई हजार ४८६ जना सर्वसाधारणलाई सशस्त्र प्रहरी बलले निःशुल्क बस सेवा उपलब्ध गराएको छ। काठमाडौं उपत्यका तथा भक्तपुरका सडकमा सञ्चालित बसमार्फत यात्रुहरूलाई गन्तव्यसम्म पुग्न सहज बनाइएको हो।

भाइटीकाका दिन सडकमा सार्वजनिक सवारीसाधन अत्यन्त न्यून चल्ने भएकाले चाडबाडका बेला सर्वसाधारणको सहज आवतजावतलाई ध्यानमा राखी सशस्त्र प्रहरीले निःशुल्क बस सञ्चालन गरेको थियो। उक्त बस सेवा बिहान ८:०० बजेदेखि साँझ ५:०० बजेसम्म सञ्चालन गरिएको थियो।

जसअन्तर्गत काठमाडौंको चक्रपथ परिक्रमा गर्ने बसले एक हजार ७६६ जना र भक्तपुर रुटमा चलेको बसले ७२० जना यात्रुलाई सेवा दिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।