Skip to main content
राजनीतिNepal Khabar2 outlets covering

मेचीनगरमा घट्यो खानेपानी महसुल

Read the full story at Nepal Khabar

मेचीनगरमा घट्यो खानेपानी महसुल

मेचीनगर नगरपालिकाको वडा नं ११, १२ र १३ मा खानेपानी उपलब्ध गराउँदै आएको संस्थाले १० हजार लिटरसम्म पानी उपयोग गर्दै आएका उपभोक्ताले अब मासिक १७५ रुपैयाँ मात्र तिर्नु पर्नेछ। यसअघि मासिक दुई सय रुपैयाँ महसुल रहेको थियो। शुद्ध खानेपानी नागरिकको आधारभूत अधिकार भएको हुँदा निम्न वर्गीय परिवारको पहुँचलाई सहज तुल्याउने उद्देश्य राखेर संस्थाले साधारणसभाबाट मासिक महसुल घटाउने प्रस्ताव पारित गरेको समितिका अध्यक्ष राजन चिमौरियाले बताए।

चिमौरियाका अनुसार १० हजारभन्दा माथि २० हजार लिटरसम्म खानेपानी उपयोग गर्ने उपभोक्ताले अब प्रतिहजार लिटरमा मासिक महसुल ३० रुपैयाँ तिर्नुपर्नेछ। यसअघि सोही मात्रामा पानी उपयोग गर्दै आएकाले ३२ रुपैयाँ तिर्दै आएका थिए। मासिक २० हजारदेखि ३० हजार लिटर पानी खपत गर्ने उपभोक्ताले यसअघि प्रतिहजार लिटरको ४२ रुपैयाँ तिर्दै आएकोमा अब ४० रुपैयाँ मात्र तिर्नुपर्ने भएको छ।

यसैगरी, ३१ हजारदेखि अधिक पानी खपत गर्नेले प्रतिहजार लिटरको मासिक ६५ रुपैयाँ तिर्नु परिरहेकोमा अब ६० रुपैयाँ तिर्दा हुने भएको छ। साधारण सभाबाट पारित भएको पानीको महसुल घटाउने प्रस्ताव मंसिर महिनादेखि लागू हुने अध्यक्ष चिमौरियाले जानकारी दिए। संस्थामा दुई हजार सात सय सदस्य आबद्ध छन्।