टर्कीको अन्टाल्यामा कोप-३१ सुरु, विश्वले कसरी गर्छ जलवायुजन्य प्रतिकूलताको सामना?
Read the full story at Bizmandu
काठमाडौं। बढ्दो विश्वव्यापी तापक्रम, आर्थिक दबाब र भूराजनीतिक तनावले अन्तर्राष्ट्रिय सहकार्यलाई कमजोर बनाइरहेका बेला संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलन (कोप–३१) सोमबार टर्कीको भूमध्यसागरीय तटीय सहर अन्टाल्यामा सुरु भएको छ। सम्मेलनमा विश्वका झन्डै २०० देशका प्रतिनिधि जलवायु परिवर्तनविरुद्धको साझा रणनीति तय गर्न भेला भएका छन्। नोभेम्बर २० सम्म चल्ने सम्मेलनमा जलवायु परिवर्तनको असर न्यूनीकरण, हरित ऊर्जा विस्तार, जलवायु अनुकूलन र विकासशील देशलाई आवश्यक वित्तीय सहायता उपलब्ध गराउने विषय मुख्य छलफलमा रहनेछन्।
तर, जलवायु संकटको गम्भीरता बढ्दै जाँदा पनि त्यसको सामना गर्न आवश्यक स्रोत र जिम्मेवारी बाँडफाँटमा विकसित तथा विकासशील देशबीच मतभेद देखिन थालेको छ। सम्मेलनको औपचारिक उद्घाटन हुनुअघि नै जलवायु वित्तको विषयमा विवाद देखिएको छ। विकासशील देशहरूले जलवायु अनुकूलन र स्वच्छ ऊर्जातर्फको संक्रमणका लागि विकसित मुलुकले उपलब्ध गराउनुपर्ने वित्तीय सहयोगलाई सम्मेलनको औपचारिक कार्यसूचीमा समेट्न दबाब दिएका छन्। अफ्रिकी मुलुकहरूले जलवायु अनुकूलनका लागि उपलब्ध हुने वित्तीय सहायता तीन गुणा बढाउने विषयमा समेत छलफल गर्नुपर्ने माग गरेका छन्।
यही विवादका कारण सोमबारको उद्घाटन समारोहसमेत एक घण्टा ढिलो भएको थियो। यसपटकको सम्मेलनलाई ‘कार्यान्वयन सम्मेलन’ का रूपमा अघि सारिएको छ।
More environment
- घोप्टेभिरको पहिरो पन्छाएर यातायात सञ्चालनNepal Khabar
- चितवनविरुद्ध पहिले ब्याटिङ गर्दै काठमाडौंNepal Khabar
- How many Nepalis are one flood away from poverty?Kathmandu Post
- तिहारमा पनि रोकिएन विदेशिनेको लर्को, त्रिभुवन विमानस्थलमा आफन्त भावुक (तस्बिरहरू)DC Nepal
- Post-Deepavali smog envelopes cities as air quality plummets to 'severe' | In picturesThe Hindu
- Deepavali pollution spike: How does it affect lung function and respiratory health? | ExplainerThe Hindu